Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दशौँ राष्ट्रिय हाप्किडोमा लुम्बिनी प्रदेश बन्यो च्याम्पियन

दशौँ राष्ट्रिय हाप्किडोमा लुम्बिनी प्रदेश बन्यो च्याम्पियन

  • 1.7K
    SHARES

  • दशौँ राष्ट्रिय हाप्किडोमा लुम्बिनी प्रदेश बन्यो च्याम्पियन

    बुटवल,असार ८।

    बुटवल ११ देविनगरस्थित नबिन औद्योगिक माबिमा सम्पन्न दशौँ राष्ट्रिय हाप्किडो प्रतियोगितामा लुम्बिनी प्रदेश च्याम्पियन भएको छ ।

    खेलमा लुम्बिनी प्रदेशले २१ स्वर्ण, १८ रजत र ३० कास्य पदक जित्दै टिम च्याम्पियन बनेको हो । सुदुरपश्चिम प्रदेश ११ स्वर्ण, ९ रजत र २३ कास्य पदक जित्दै दोस्रो तथा कोशी प्रदेश ११ स्वर्ण, ४ रजत र १२ कास्य जित्दै तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा उदयमान खेलाडीका रुपमा हर्क बहादुर कामी, उत्कृष्ट खेलाडी प्रशन्त श्रेष्ठ ९१४०, उत्कृष्ट खेलाडी मिग्मा गुरुङ ९यु १८०, अनुशासित खेलाडीमा हर्क कामी र अंकिता जिएम कोशी तथा उत्कृष्ट रेफ्रि पुरुष बिशाल थापा र महिला रुपा बुढामगर घोषित हुदै पुरस्कृत भए ।

    एक समारोहका बिच राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्यले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै ब्यवसायिक खेलकुदमा जोड दिए । अन्तराष्ट्रिय मार्शल आर्टलाई नेपालमा नया स्वरुपमा हाप्किडो भित्राउने कामलाई निरन्तरता दिन जरुरी रहेको उनले बताए ।

    खेलाडी, प्रशिक्षक, खेल संस्थाको पक्षमा राखेप सधै उभिने बताए । विकास र प्रगतिमा आलोचना जरुरी रहने भन्दै उनले उनले बताए । ‘स्कुल टु ओलम्पिक’ को अवधारणा बोकेर राखेप अघि बढको भन्दै उनले खेलाडी र खेल क्षेत्रको विकासमा विद्यालयस्तरको खेलको अग्रसरता जरुरी रहने बताए । यसैगरि आगामी वर्षबाट मदन भण्डारी स्पोर्टस एकेडेमीमार्फत राष्ट्रिय प्रतियोगिता संचालन गरिने उनले प्रतिवद्घता जनाए ।dhurba.jpg

    मार्शल आर्ट खेललाई प्रवद्घन र खेलाडीहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ दशौ संस्करणसम्म कार्यक्रम सम्पन्न भएको नेपाल हाप्किडो संघका संस्थापक तथा अध्यक्ष काली बहादुर घर्तीमगरले बताए ।

    हाप्किडो खेललाई ग्रामिण क्षेत्रमा लगिरहेको उनले बताए । केवल खेलको मात्र नभई समाज र देश बनाउन समेत खेलकुद सहायक हुने उनले बताए । अब विद्यालय च्याम्पियनसिप दाङमा गर्ने तयारीका बारेमा समेत उनले जानकारी दिए । सेल्फ कन्फिडेन्स र सेल्फ डिफेन्स महत्वपुर्ण रहने बताए ।

    कार्यक्रममा राखेपका सदस्य हिमाल श्रेष्ठले खेल र खेलाडीको हित हुने गरि निति ल्याउन चाहेको बताए । बजेटमा समेत खेलकुद प्राथमिकतामा परेको भन्दै उनले सरकारको विशेष सोचमा रहेको बताए । बालबालिकाहरुलाई खेलकुदमा अग्रसर गराउन सकेमात्र राष्ट्रिय खेलाडी उत्पादन हुने उनले तर्क दिदै ३ तहकै सरकारको लगानी गर्न सुझाव दिए ।kali bahadur magar.jpg

    कार्यक्रममा संघका केन्द्रिय कोषाध्यक्ष विजया वाईवा, नेपाल हाप्किडो संघका केन्द्रिय उपाध्यक्ष देव बहादुर कुवँर, नेपाल खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, वरिष्ठ एथ्लेटिक्स प्रशिक्षक मोहन घलेले लगायतले शुभकामना दिए । प्रतियोगितामा सातै प्रदेशका ५ सय खेलाडीले  भाग लिएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology