Logo मंगलवार, श्रावण १२ गते २०८३
images

क्रिमसनमा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रमको शुभारम्भ,शल्यक्रिया कक्ष उद्घाटन

क्रिमसनमा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रमको शुभारम्भ,शल्यक्रिया कक्ष उद्घाटन

  • 2.6K
    SHARES

  • क्रिमसनमा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रमको शुभारम्भ,शल्यक्रिया कक्ष उद्घाटन

    बुटवल,असार ६ ।

    क्रिमसन अस्पतालमा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रमको शुभारम्भ तथा अत्याधुनिक सुविधा सम्पन्न शल्यक्रिया कक्ष उद्घाटन भएको छ ।

    गुणस्तरीय स्वास्थ्य सेवा सहज उपलब्धता, दक्ष जनशक्ति उत्पादन हाम्रो प्रतिबद्धता’ भन्ने मूल मन्त्रका साथ स्थापना भएको क्रिमसनमा तिलाेत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले शुक्रबार आमा तथा नवजात शिशु कार्यक्रम एवं मोडुलर ओटी कक्षको उद्घाटन गरे ।

    सो अवसरमा बोल्दै नगरप्रमुख खाणले तिलोत्तमा नगरका बासिन्दालाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन क्रिमसन अस्पतालले खेलेको भूमिकाको उच्च प्रशंसा गरे । उनले तिलोत्तमा नगर क्षेत्रमा जन्मिने शिशु स्वस्थ जन्मिउन भनेर गर्भवती परिक्षण निःशुल्क गरिएको पनि जानकारी गराए ।

    तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्व देवी चौधरीले अस्पतालमा थपिएका सेवा सुविधाले आम नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुग्ने विश्वास ब्यक्त गरिन् । उनले क्रिमसन अस्पतालका सेवा सुविधा गुणस्तरिय रहेकोले त्यसलाई कायम राख्न आग्रह गरिन् ।

    अस्पतालका संचालक समिति अध्यक्ष दुर्गाप्रसाद पाण्डेले क्रिमसनलाई यस क्षेत्रको उत्कृष्ठ अस्पताल बनाउन आवश्यक सेवा सुविधा थप्दै लैजाने प्रतिबद्धता जनाए । उनले आमा तथा जवजात शिशु सुरक्षा कार्यक्रमबाट सुत्केरी सेवा र नवजात शिशुको उपचार निःशुल्क हुने उल्लेख गर्दै अत्याधुनिक सुविधायुक्त शल्यक्रिया कक्षबाट शल्यक्रिया गर्ने बिरामीले पाउने गुणस्तर उच्चस्तरको हुने जानकारी दिए ।

    बि।सं। २०५७ सालमा बुटवलको देवीनगरमा स्थापना भएको स्वास्थ्य शिक्षा, सूचना प्रविधि र व्यवस्थापन अध्यापन हुने क्रिमसन कलेज अफ टेक्नोलोजीको पहलमा २०६८ साल जेठ ३ गते क्रिमसन अस्पताल शुरु भएको थियो । अस्पताल संचालक समितिका सदस्य कृष्णप्रसाद अर्यालका अनुसार तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्रामस्थित आफ्नै सुविधा सम्पन्न १०० शैयाको भवनबाट यस क्षेत्रका बिरामीहरुलाई स्तरीय सेवा उपलब्ध गराइरहेको छ ।

    गुणस्तरीय स्वास्थ्य सेवा सहज उपलब्धता, दक्ष जनशक्ति उत्पादन हाम्रो प्रतिबद्धता’ भन्ने मूल मन्त्रका साथ स्थापना भएको क्रिमसन अस्पताल पश्चिम नेपालमै अत्याधुनिक सुविधासम्पन्न र गुणस्तरीय सेवा प्रदान गर्दै आएको नीजि क्षेत्रको पहिलो अस्पताल हो ।

    क्रिमसन २४ सै घण्टा आकस्मिक उपचार सेवा, क्याथ ल्याव, आईसियु, एनआईसियु, न्युरो सर्जरी आईसियु, सिसियु, मृगौला डायलासिस, सिटीस्क्यान, सिटिभिएस सर्जनरी (मुटु, छाति, ग्यास्ट्रोलोजी सेवा तथा नशा शल्य चिकित्सा ) अत्याधुनिक प्रयोगशाला, इसिजी, डिजिटल एक्सरेलगायतका सेवा अस्पतालमा उपलब्ध छन् ।

    अस्पतालमा लामो अनुभव प्राप्त र दक्ष हाड जोर्नी तथा नशा रोग बिशेषज्ञ, जनरल तथा ल्याप्रोस्कोपी सर्जन, युरो सर्जरी, जनरल फिजिसियन, नाक, कान तथा घाँटी रोग बिशेषज्ञ, मुटुरोग बिशेषज्ञ, न्युरो सर्जरी, छाला तथा यौन रोग बिशेषज्ञ, रेडियोलोजिष्ट, स्त्री तथा प्रसुति रोग बिशेषज्ञ, एनेस्थेसिया तथा सघन उपचार बिशेषज्ञ, बाल रोग बिशेषज्ञ, नशा तथा मनोरोग बिशेषज्ञ, मृगौला रोग बिशेषज्ञ, छाती तथा फोक्सो रोग बिशेषज्ञ, दन्तरोग बिशेषज्ञ, प्याथोलोजिष्ट लगायतका सिनियर समेत गरी ४० जना चिकित्सक कार्यरत हुनुहुन्छ । १५० भन्दा बढी दक्ष र अनुभवी नर्सिङ्ग स्टाफहरु बिरामीहरुको सेवामा खटिएका छन् ।

    अस्पतालमा नेपाल सरकारको बिपन्न कार्यक्रम मृगौला डायलासिस, मुटुको एन्जियोप्लास्टी, एन्जियोग्राफी, पेसमेकर जस्ता सेवाहरु समेत उपलब्ध रहेका छन् ।

    भारतीय दुतावाससँगको सहकार्यमा भारतीय सेनाबाट रिटायर्ड पूर्व सैनिक कर्मचारी तथा उनीहरुका आश्रित परिवारको स्वास्थ्य उपचार सेवा (ईसिएचएस कार्यक्रम) समेत  अस्पतालमा उपलब्ध रहेको छ ।

    क्रिमसन कलेज अफ टेक्नोलोजीले स्वास्थ्य क्षेत्र तर्फका बिएससी नर्सिङ्ग, बिफार्मा, फार्मेसी, बिएससी एमएलटी, बिपिएच, बिएनएस, एमफार्मा तथा सूचना प्रविधि र व्यवस्थापनतर्फ बिबिए, बिसिए, बिसिएसआइटी जस्ता संकायमा दक्ष जनशक्ति उत्पादन गरिरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology