Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा १० औँ राष्ट्रिय हाप्किडो च्याम्पियनसीप सुरु,राखेप उपाध्यक्ष आचार्यले गरे उद्घाटन

बुटवलमा १० औँ राष्ट्रिय हाप्किडो च्याम्पियनसीप सुरु,राखेप उपाध्यक्ष आचार्यले गरे उद्घाटन

  • 1.3K
    SHARES

  • बुटवलमा १० औँ राष्ट्रिय हाप्किडो च्याम्पियनसीप सुरु,राखेप उपाध्यक्ष आचार्यले गरे उद्घाटन

    बुटवल,असार ६ ।

    बुटवलमा आजदेखि १० औ राष्ट्रिय हाप्किडो च्याम्पियनसीप सुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले उद्घाटन गरे ।

    सो अवसरमा बोल्दै प्रमुख अतिथि आचार्यले हाप्किडो खेलको विकासका लागि राष्ट्रिय खेलकुद परिषद्ले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालमा हाप्किडो खेलको विकासमा सङ्घ सरकारको नेतृत्वले खेलेको कदमको पनि प्रशंसा गरे ।  उनले खेलको बिकासमा आफु सदैव सकारात्मक रहेको उल्लेख गरे ।
    उद्घाटन कार्यक्रममा नेपाल हाप्किडो सङ्घका अध्यक्ष काली बहादुर घर्ती मगरले हाप्किडोमा आबद्ध हरेक व्यक्तिले शिक्षामा ध्यान दिनु पर्नेमा जोड दिए ।  उनले भोलि देश बनाउने खेलाडीहरु हाप्किडोमा रहेको समेत बताए ।
    उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य हिमाल श्रेष्ठ, नेपाल हाप्किडो सङ्घका उपाध्यक्ष देव बहादुर कुँवर, महासचिव इन्द्र बहादुर महरा, उपमहासचिव मोहम्मद समीर हलुवाई, सचिव टिकाराम घर्ती मगर, सदस्य  खिम पुन मगर र राजेन्द्र मडै, मुख्य प्रशिक्षक प्रवीण गुरुङ र रुपन्देही जिल्ला हाप्किडो सङ्घका अध्यक्ष भुमलाल श्रेष्ठ लगायतको बोलेका थिए ।
    प्रतियोगितामा ७ प्रदेशका करिब ५०० खेलाडीको सहभागिता रहेकोे प्राविधिक कमिटीका संयोजक तथा मुख्य प्रशिक्षक प्रवीण गुरुङले जानकारी दिए । उमेर, तौल र बेल्टको आधारमा उनीहरुलाइ चयन गरिएको हो ।
    दुई दिन प्रतियोगिताले रुपन्देहीका हाप्किडो खेलको विकासमा ठुलो सहयोग पुग्ने विश्वास रहेको रुपन्देही जिल्ला हाप्किडो सङ्घका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

    सङ्घका अध्यक्ष काली बहादुर घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाल हाप्किडो सङ्घकी कोषाध्यक्ष विजया कुमारी वाइवाले सञ्चालन गरेकी थिइन् ।hafkido game.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology