Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तेस्रो राष्ट्रिय बुटवल मेयर कप अण्डर १८ टेबल टेनिस प्रतियोगिता २०७७ शुरु

तेस्रो राष्ट्रिय बुटवल मेयर कप अण्डर १८ टेबल टेनिस प्रतियोगिता २०७७ शुरु

  • 4.5K
    SHARES

  • तेस्रो राष्ट्रिय बुटवल मेयर कप अण्डर १८ टेबल टेनिस प्रतियोगिता २०७७ शुरु

    बुटवल,माघ १५-

    तेस्रो राष्ट्रिय बुटवल मेयर कप अण्डर १८ टेबल टेनिस प्रतियोगिता २०७७ शुरु भएको छ ।

    टेबल टेनिस खेलको विकास र युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित रुपन्देही जिल्ला टेबल टेनिस संघको आयोजनामा  देविनगर ओलिपथस्थित कोर्टमा भएको उद्घाटन खेलमा काठमाण्डौ एबिएम स्कुलका प्रनिशक भारतीले विजयी शुरुवात गरेका छन ।

    उनले बुटवल एपेक्सका प्रनिश खत्रीलाई ३-० को सेटमा पराजित गरेका हुन । खेल ११-३, ११-१ र ११-१  गएको थियो । पहिलो दिन प्रिक्वाटरसम्मको खेल सक्ने राष्ट्रिय रेफ्री नर बहादुर क्षेत्रीले बताए ।

    विहिबार एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै खेलकुदको विकासमा नगरसरकार लागेको बताए। 

    प्रतियोगितामा ९६ जना खेलाडी सहभागीता रहेको उनले बताए। छात्र र छात्रा गरि दुई विद्यामा हुने खेलमा उपाधि विजेता, उपविजेता र तृतिय स्थान हासिल गर्ने खेलाडीलाई नगद २५ हजार, १५ हजार र ५-५ हजार रुपैया, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष सुरेन्द्र कुमार शाक्यले बताए।

    प्रतियोगिता आयोजनाका लागि २ लाख ५० हजार अनुमानित खर्च रहेकोमा बुटवल उपमहानगरपालिकाबाट १ लाख रुपैया सहयोग गरेको छ। 

    उद्घाटन कार्यक्रममा बुटवल नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, संघका प्रमुख सल्लाहकार अर्जुनमान सैजु, साउथ एशियन टेबल टेनिस फेडेरेसनका महासचिव तथा पुर्व मुख्य प्रशिक्षक शंकर गौतम, राखेपका वरिष्ठ मुख्य प्रशिक्षक संजिव ढुगेल, संघका सल्लाहकार कृष्ण कुमार श्रेष्ठ, सचिव महेश खनालले खेलाडीहरुलाई शुभकामना दिएका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology