Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कुलिङ पिरियडबारे चन्द्र भण्डारीको टिप्पणी : `जसलाई कारबाही गर्नुपर्ने हो, उसलाई नियुक्ति ?´

कुलिङ पिरियडबारे चन्द्र भण्डारीको टिप्पणी : `जसलाई कारबाही गर्नुपर्ने हो, उसलाई नियुक्ति ?´

  • 1.2K
    SHARES

  • कुलिङ पिरियडबारे चन्द्र भण्डारीको टिप्पणी : `जसलाई कारबाही गर्नुपर्ने हो, उसलाई नियुक्ति ?´

    बुटवल,असार ५ ।

    सत्तारूढ दल नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले कुलिङ पिरियडबारे कडा टिप्पणी गरेका छन्। बिहीबार(आज) बसेको संसद् बैठकमा बोल्दै भण्डारीले 'सधैँ एउटैले खाइरहनुपर्ने नीति नबन्ने' बताए।

    'कर्मचारी विधेयक ल्याउँदा झगडा गरेको , के सधैँ खानैपर्ने एउटाले ? जागिर सकिएको अर्को दिन नियुक्ति पाउनुपर्ने? यो कुन देशमा ? जसलाई कारबाही गर्नुपर्ने हो, उसलाई नियुक्ति ? अबदेखि यो देशमा हुन सक्दैन,' उनले भने।

    सांसद भण्डारीले जोसुकै नेताले भने कुलिङ पिरियडमा हेरफेर गर्न नहुने विचार राखे। 'जोसुकै नेता भनोस्। प्रमुखसचेतकज्यूहरूलाई आग्रह गर्न चाहन्छु, तपाईंहरूले निर्देशन मात्रै दिने होइन, कर्तव्य पनि निभाउनुपर्छ,' उनले भने।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology