Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलको नीति तथा कार्यक्रम : सीप तथा रोजगारमा विशेष जोड

बुटवलको नीति तथा कार्यक्रम : सीप तथा रोजगारमा विशेष जोड

  • 1.3K
    SHARES

  • बुटवलको नीति तथा कार्यक्रम : सीप तथा रोजगारमा विशेष जोड

    बुटवल,असार ५ । 

    बुटवल उपमहानगरपालिकाले जनशक्ति उत्पादनमा विशेष जोड दिने लक्ष्यसहित आगामी आर्थिक वर्षकालागि वार्षिक नीति तथा कार्यक्रम ल्याएको  

    बिहीबार नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाई सीप तथा रोजगारमा विशेष जोडदिएको बताए। उनले बुटवलमा सीपसहितको जनशक्ति रोजगार सिर्जनाका लागि पर्याप्त लगानी गर्ने गरी नीतितयार गरेको बताए  

    उनले बुटवललाई पर्यटकीय विश्राम स्थल बनाउनका लागि लुम्बिनी आउने बौद्ध धर्मावलम्बी मुक्तिनाथ जाने हिन्दुधर्मावलम्बीको विश्राम स्थलका रूपमा स्थापित गर्ने नीति लिएको बताए  

    उनले अन्य स्थानीय तहहरूसँग सहकार्य गरी पर्यटक आगमन वृद्धि गर्ने बुटवलका पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्नेबताए। यस्तै बुटवलवासीको उपचारका क्रममा आवश्यक पर्ने रगत रगतजन्य पदार्थको शुल्क हटाउन रक्तसञ्चारकेन्द्रलाई उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिइनेछ

    बुटवलका गृहिणी महिलाहरूलाई रोजगारसँग जोड्दै स्वरोजगार बनाउन नगरप्रमुख गृहिणी महिला रोजगारकार्यक्रमअन्तर्गत उत्पादित वस्तुको उत्पादन बिक्री केन्द्र (कोसेली घर) स्थापनामा जोड दिइने जनाएको  

    उत्पादन भएका सामग्रीलाई नगरको चिनोका रूपमा उपयोग गर्ने नीति लिइनेछ गृहिणी महिलाहरूलाई एकजुट बनाईसीप व्यवसायका माध्यमबाट आर्थिक उपार्जनमा अगुवाइ गर्ने नीति लिइनेछ

    गृहिणी महिला रोजगारकार्यक्रमअन्तर्गत टोल, वडा नगर स्तरीय सञ्जाल सीप तथा रोजगार परिषद् गठनको नीति लिइने जनाएको शिव नगरमा रहेको गौशालाको व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै बुटवल १२ चारपाला सामुदायिक वनमाबहुउद्देश्यीय कामधेनु गौशाला तथा अन्य आवश्यक स्थानमा गौशाला स्थापना गरिनेछ  

    साथै, नवलपरासीको बर्दघाटदेखि दाङसम्मका सडकमा रहेका छाडा पशु चौपायाहरूको व्यवस्थापनका लागि गाईराष्ट्रिय निकुञ्ज निर्माण गर्न लुम्बिनी प्रदेश सरकार सम्बन्धित स्थानीय सरकारहरूसँग समन्वय गरिने पनि उल्लेख  

    घुमौँ बुटवलभन्ने अभियानअन्तर्गत यसै आर्थिक वर्षलाई बुटवल भ्रमण वर्ष घोषणा गरी आन्तरिक बाह्य पर्यटककोआगमनलाई वृद्धि गर्नका लागि अभियानहरू सञ्चालन गरिनेछ पर्यटकीय स्थलहरूको पहिचानलाई व्यापकबनाउनका लागि आवश्यक स्थानमा डिजिटल डिस्प्ले प्रचार सामग्रीहरू निर्माण गरिनेछ  

    बुटवललाई पर्यटकीय विश्राम स्थलको रूपमा स्थापित गर्न बुटवलदेखि मुक्तिनाथ, लुम्बिनी, बाँकेबर्दिया राष्ट्रियनिकुञ्ज, सुपा देउराली, रेसुङ्गा, पाल्पा, चितवन, त्रिवेणी, रिडी, भैरव स्थान, रानी महल, आलमदेवी, सेती वेणीजस्तापर्यटकीय स्थलहरूसम्मको यात्रा तथा बुटवलचितवनपोखरा त्रिकोणीय पर्यटन प्रवर्द्धनका लागि आवश्यकअभियान सञ्चालन गरिने

    बुटवलका महत्त्वपूर्ण पर्यटकीय स्थलहरू जित गढी किल्ला, युद्ध सङ्ग्रहालय, पुरानो बुटवल क्षेत्र, मणिमुकुन्दसेनउद्यान, हिल पार्क, मिलन पार्क, पिस पार्क, सिद्धबाबाधाम, मुक्तिनाथ धाम, निलकण्ठबाबाधाम, नरैनापुरधाम, बैठौलिया ताल, वाटरपार्क, थारु सङ्ग्रहालय, भैरव पार्क, पाणिनी पार्क, लक्ष्मी पार्कलगायत अन्य ऐतिहासिक, धार्मिक, सांस्कृतिक पर्यटकीय स्थलहरूमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न आवश्यक कार्यक्रम सञ्चालनगरिने जनाएको

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology