Logo बुधवार, श्रावण १३ गते २०८३
images

लुम्बिनी प्रदेशका प्राध्यापकहरुलाई लक्षित गरी वाणिज्यमा`फ्याकेल्टी प्रोफेसनल डेभलपमेन्ट ट्रेनिङ´

लुम्बिनी प्रदेशका प्राध्यापकहरुलाई लक्षित गरी वाणिज्यमा`फ्याकेल्टी प्रोफेसनल डेभलपमेन्ट ट्रेनिङ´

  • 2.9K
    SHARES

  • लुम्बिनी प्रदेशका प्राध्यापकहरुलाई लक्षित गरी वाणिज्यमा`फ्याकेल्टी प्रोफेसनल डेभलपमेन्ट ट्रेनिङ´

    बुटवल, असार ५ ।

    लुम्बिनी बाणिज्य क्याम्पस बुटवलमा शिक्षाको गुणस्तर सुधार तथा रिसर्च र डिजिटल लर्निङको सिप विकास गर्ने उद्देश्यले फ्याकेल्टी प्रोफेसनल डेभलपमेन्ट तालिम सुरु भएको छ ।

    विश्व विद्यालय अनुदान आयोगको सहकार्यमा लुम्बिनी प्रदेशका प्राध्यापकहरुलाई लक्षित गरी बिहीबारदेखि सुरु भएको तालिम असार १० गतेसम्म सञ्चालन हुनेछ । 
    तालिमको उद्घाटन सत्रमा बोल्दै विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष प्रोफेसर डा.देवराज अधिकारीले पछिल्लो समय विद्यार्थीहरुलाई कसरी कक्षा कोठामा राख्ने भन्ने चुनौती थपिएको बताए ।IMG_0781.jpeg

    पाँचसय क्याम्पसमा एक सय भन्दा कम विद्यार्थी रहेको जानकारी गराउँदै उनले धेरै क्याम्पसको शैक्षिक गुणस्तरमा व्यापक सुधार गर्नुपर्ने अबस्था आएको बताए । पठनपाठन पद्धतीमा सुधार गर्दै कक्षाकोठामा सुचना प्रविधिको प्रयोग बढाउन यो तालिम महत्वपूर्ण हुने उनले बताए । 
    बुटवल शिक्षको हब बन्दै गइरहेको अबस्थामा यहाँका क्याम्पसहरुले यस क्षेत्रका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा उनले जोड दिए ।

    दिगो विकासको लक्ष्यसँग जोडेर यस्ता लालिमलाई देशभर सञ्चालन गर्न लागिएको बताउँदै अध्यक्ष अधिकारीले हालसम्म ३० जना भन्दा बढी प्रशिक्षक उत्पादन भइसकेको जानकारी गराए । आयोगले दुई पटक गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (क्युएए) प्राप्त गरेका क्याम्पसमा ५–६ वटा चरणमा यस्ता तालिम सञ्चान गर्ने तयारी गरेको छ ।IMG_0783.jpeg
    कार्यक्रममा विश्व विद्यालय अनुदान आयोगका प्राविधिक सल्लाहकार प्रोफेसर डा. हृदयरत्न बर्जाचार्यले दक्ष जनशक्ति उत्पादन गर्नका लागि गुणस्तरीय शिक्षा आबश्यक पर्ने बताए । कार्यक्रममा लुम्बिनी बाणिज्य क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा.तारा प्रसाद उपाध्यायले शिक्षाको गुणस्तर वृद्धिका लागि यो तालिम उपलब्धीमुलक हुने विश्वास व्यक्त गरे ।

    बाणिज्य क्याम्पसका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले वाणिज्य क्याम्पसदेशकै सर्वोत्कृष्ट शैक्षिक संस्थाका रुपमा स्थापित हुँदै गएको बताए । IMG_0780.jpeg
    तालिममा सेसन एक्सपर्टका रुपमा प्रोफेसर डा.जीवलाल सापकोटा, प्रोफेसर सागर पौडेलसँगै लुम्बिनी वाणिज्य क्याम्पसका उप प्राध्यापकहरु तुल्सी प्रसाद भुषाल, नवराज भण्डारी, पुनाराम घिमिरे, लक्ष्मण प्रसाद भण्डारी, डा.भगवती प्रसाद चौधरी, राजेश शाही, सन्दीप पौडेल र मुकुन्द ज्ञवाली रहेका छन् । 
    कार्यक्रममा वाणिज्य क्याम्पसका निवर्तमान अध्यक्ष मोतीलाल पाण्डे, क्याम्पस संचालक समिति सदस्य तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरी प्रसाद अर्याल, संचालक समिति सदस्य एवं संस्थापक क्याम्पस प्रमुख महेश्वर प्रसाद श्रेष्ठ, संचालक समिति सदस्य तथा बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. अरुण कुमार क्षेत्री लगायतको सहभागिता रहेको क्याम्पसका उप प्राध्यापक मुकुन्द ज्ञवालीले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    ६ दिनसम्म सञ्चालन हुने तालिममा लुम्बिनी प्रदेशका १४ वटा क्याम्पसबाट ३० जना प्राध्यापकहरुको सहभागिता रहेको छ । कार्यक्रमको सञ्चालन बाणिज्य क्याम्पसका उप प्राध्यापक मुकुन्द ज्ञवालीले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology