Logo बिहिवार, आश्विन १ गते २०८३
images

देवदह मेडिकल कलेजमा एकै दिन तीनवटा जोर्नी प्रत्यारोपणको सफल शल्यक्रिया

देवदह मेडिकल कलेजमा एकै दिन तीनवटा जोर्नी प्रत्यारोपणको सफल शल्यक्रिया

  • 855
    SHARES

  • देवदह मेडिकल कलेजमा एकै दिन तीनवटा जोर्नी प्रत्यारोपणको सफल शल्यक्रिया

    बुटवल,असार ४ ।

    रुपन्देहीको देवदह मेडिकल कलेजमा एकै दिन तीनवटा जोर्नी प्रत्यारोपणको सफल शल्यक्रिया भएको छ । बुधवार एकै दिन २ वटा नितम्ब जोर्नीे र एउटा घुँडा जोर्नी प्रत्यारोपणको सफल शल्यक्रिया भएको अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ प्राडा.प्रकृतिराज कडेलले जानकारी दिनुभयो ।

    २०८१ असौज ८ गते पहिलो पटक जोर्नी प्रत्यारोपण सफलतापूर्वक शल्यक्रिया गरेको उक्त अस्पतालमा एकै दिनमा तीनवटा जोर्नीको प्रयारोपण सफलतापूर्वक भएको यस क्षेत्रकै पहिलो भएको सोही अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.दिपेन्द्र सिं क्षेत्रीले बताउनुभयो ।

    देवदहको भलुही स्थित देवदह मेडिकल कलेज एण्ड रिसर्च ईन्टीच्यूट प्रालि विगत ३ बर्ष देखि नयाँ ब्यवस्थापनमा आएपछि विभिन्न अत्याधुनिक उपकरणहरुका साथ विरामीहरुको उपचारमा सर्वसुलभ ब्यवस्था गरिरहेको अस्पताल कार्यसम्पादन समितीका अध्यक्ष गोपाल बहादुर पोखरेलले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology