Logo मंगलवार, श्रावण १२ गते २०८३
images

काठमाडौंबाट सोलुखुम्बुका लागि छुटेको बस ओखलढुंगामा दुर्घटना

काठमाडौंबाट सोलुखुम्बुका लागि छुटेको बस ओखलढुंगामा दुर्घटना

  • 1.1K
    SHARES

  • काठमाडौंबाट सोलुखुम्बुका लागि छुटेको बस ओखलढुंगामा दुर्घटना

    काठमाडौं,असार ४ ।

    काठमाडौंबाट सोलुखुम्बुका लागि छुटेको बस ओखलढुंगामा दुर्घटनामा परेको छ। सिद्धिचरण नगरपालिका-८ बजरङ्गे गाउँस्थित सेतीदेवी मन्दिर नजिकै बाग्मती प्रदेश०१–००६ ख ५५८१ नम्बरको बस करिब १० मिटर तल खसेर दुर्घटना भएकोहो।

    दुर्घटनामा परेर चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। घाइते हुनेमा ओखलढुंगा चम्पादेवी गाउँपालिका-३ की ५० वर्षीय कुमारी माया बुढाथोकी, बसका सहचालक ओखलढुंगा मानेभञ्जयाङ गाउँपालिका-३ उवुका २५ वर्षीय विनोद अधिकारी, अर्का सहचालक सिद्धिचरण नगरपालिका-८ लगलगेका २८ वर्षीय रोशन गिरी र सुनकोसी गाउँपालिका-१ बल्खु बस्ने ४२ वर्षीय सहदेव गिरी छन्।

    सहचालक दुवै जनाको टाउकोमा चोट लागेको तथा अर्का दुई जनाको करङ तथा ढाडमा चोट लागेको प्रहरीले जनाएको छ।निरन्तरको वर्षाको कारण चिप्लिएर अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रहरीको अनुमान छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology