Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अडियो,भिडियोग्राफी तथा एसी, फ्रिज बनाउने तालिम

अडियो,भिडियोग्राफी तथा एसी, फ्रिज बनाउने तालिम

  • 807
    SHARES

  • अडियो,भिडियोग्राफी तथा एसी, फ्रिज बनाउने तालिम

    बुटवल,असार ४।

    बुटवल उपमहानगरपालिकाको ‘मेयर युवा रोजगार प्रवर्द्धन’ कार्यक्रम अन्तरगत युवाहरुका लागि एसी, फ्रीज रिपेयरिङ्ग तथा मेन्टेनेन्स सम्बन्धी आधारभूत तालिम तथा अडियो, भियोग्राफी र ड्रोन सम्बन्धी आधारभूत तालिम सञ्चालनमा आएको छ ।

    तालिमको मंगलबार समुद्घाटन गर्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले युवाहरुलाई रोजार सिर्जनाका लागि सीपमूलक तालिमका कार्यक्रमहरु सञ्चालन गरिएको जानकारी गराए । 

    ‘तालिमका लागि मात्रै तालिम होइन, सिकेका सीपलाई प्रयोग गरेर स्वरोजगार बन्ने, उद्यमी बन्ने बाटोमा युवाहरुलाई प्रेरित गर्ने हाम्रो लक्ष्य हो ।’–नगर प्रमुख पाण्डेयले भने, सीप प्रदान गर्ने मात्रै होइन उपमहानगरले रोजगारको सिर्जनाका लागि पनि काम गर्दैछ ।

    उपमहानगरले रोजगार सिर्जनाका लागि आगामी महिना रोजगार मेला आयोजना गर्न लागेको जानकारी गराउँदै उनले उक्त मेलामा रोजगारदाता कम्पनी र उपमहानगरले सञ्चालन गरेका विभिन्न सीपमूलक तालिममा सहभागी व्यक्तिहरुलाई एकै ठाउँ सहभागी गराएर दुबै पक्षलाई श्रम र रोजगारको अवसर सिर्जना गरिने बताए । 

    उपमहानगरकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलभित्र रहेका युवाहरुलाई सकेसम्म रोजगार तथा स्वरोजगार बनाउने योजना अनुसार ठूला धनराशी लगानी गरेर सीपमूलक तालिमहरु सञ्चालन गरिएको जानकारी दिइन् । सकेसम्म देशमा सिकेको सीपलाई देशभित्रै प्रयोग गर्न सुझाब दिँदै उनले सिकेका सीपलाई अनिवार्य रुपमा व्यवहारमा प्रयोग गर्न समेत आग्रह गरिन् । 

    उपमहानगरले सञ्चालन गरेको एसी, फ्रीज रिपेयरिङ्ग तथा मेन्टेनेन्स सम्बन्धी आधारभूत तालिममा २० जना युवाहरु सहभागी रहेका छन् । एक महिनासम्म सञ्चालन हने उक्त तालिमका लागि यसअघि नै आवेदन आह्वान गरी अन्तरवार्ता मार्फत छनोट गरिएको थियो । यसैगरी अडियो, भिडियोग्राफी तथा ड्रोन सम्बन्धी आधारभूत तालिमा ३० युवा युवाहरु छनोट भएका छन ।

    ३० दिनसम्म सञ्चालन हुने उक्त तालिममा पनि आवेदन आह्वान गरी अन्तरवार्ता मार्फत छनोट गरिएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology