बुटवल,माघ १५-
नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड–नेपाल )समूहका अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल प्रचण्ड र आफूले नेतृत्व गरेको नेकपा नै नेकपाको मूलधार भएको दाबी गरेका छन् ।
‘४४१ केन्द्रीय सदस्यको बहुमत जहाँ छ, त्यही आधिकारिक भनेर निर्वाचन आयोगले भनिसकेपछि त्यही पार्टी नै मूल पार्टी हो । प्रचण्ड र मैले नेतृत्व गरेको पार्टी नै आधिकारिक हो,’ नेपालले भने ।
प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहले बुटवलमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले निर्वाचन आयोगले आफूहरूलाई आधिकारिक बनाइदिएको दाबी गरेका हुन् ।
नेता नेपालले आफूहरूको पक्षमा देशैभरी लहर रहेको दाबी गरे । उनले बयलगाडा चढेर अमेरिका पुगिदैन नेपालमा गणतन्त्र आउँदैन भनेर भविष्यवाणी गर्ने केपि शर्मा ओलीको जसरी भविष्यवाणी असफल भयो त्यसगरि चुनाव गराउँने भविष्यवाणी पनि असफल हुने दाबी गरे ।
ओलीले जनताको भावना नबुझेको उँहाले बताउँदै समयको पछि पछि लत्तारिएको आरोप लगाए ।
केपि ओली कहिल्यै आन्दोलनको अगुवाई गर्न नसेकेको र जहिले पनि पछाडी बसेर अरुको कुरा काट्ने बानीले गर्दा जनताले दुख पाएको नेपालको भनाइ छ ।
यी समाचार पनि पढाैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)