Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दशौं राष्ट्रिय हाप्किडो प्रतियोगिता बुटवलमा हुदै,५ सय जना सहभागी हुने

दशौं राष्ट्रिय हाप्किडो प्रतियोगिता बुटवलमा हुदै,५ सय जना सहभागी हुने

  • 1.2K
    SHARES

  • दशौं राष्ट्रिय हाप्किडो प्रतियोगिता बुटवलमा हुदै,५ सय जना सहभागी हुने

    बुटवल,असार २ । 
    नेपाल हाप्किडो संघको आयोजनामा लुम्बिनी प्रदेशको ऐतिहासिक शहर बुटवलमा “दशौं राष्ट्रिय हाप्किडो प्रतियोगिता – २०८२” आयोजना हुने भएको छ । प्रतियोगिता २०८२ असार ५ गतेदेखि ७ गतेसम्म तीन दिनसम्म सञ्चालन हुनेछ ।

    सोमवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा देशभरका सातवटै प्रदेशबाट छनोट गरिएका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहने जनाईएको छ ।आयोजकका अनुसार ५०० भन्दा बढी खेलाडी, प्रशिक्षक, रेफ्री, निर्णायक तथा पदाधिकारीहरूको उपस्थिति रहने जनाईएको छ । 

    नेपाल हाप्किडो संघका अनुसार प्रतियोगिताको उद्देश्य खेलाडीहरूको निरन्तर अभ्यास, क्षमता अभिवृद्धि, राष्ट्रिय एकीकरण तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडीको छनौट गर्नु हो । 

    प्रतियोगितामा फाइटिङ (Sparring), सेल्फ-डिफेन्स (Self Defense / Demonstration) तथा हाई फल / लङ फल (High Fall / Long Fall) जस्ता प्रमुख इभेन्टहरू समावेश गरिने संघका केन्द्रीय अध्यक्ष कालि बहादुर मगरले वताऊनु भयो । खेलहरू क्याडेट, जुनियर तथा सिनियर डिभिजन अन्तर्गत पुरुष तथा महिला तर्फ विभिन्न तौल, उमेर र बेल्ट अनुसार प्रतिस्पर्धा हुनेछ ।

    नेपाल हाप्किडो संघले यस प्रतियोगितालाई राष्ट्रिय एकता, अनुशासन तथा खेल संस्कृतिको प्रवर्द्धनमा एक महत्वपूर्ण पाइला भएको वताएको छ ।

    प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष धु्रव आचार्य द्वारा गरिने कार्यक्रम संयोजक काली बहादुर घर्ती मगरले जानकारी दिए ।

    अध्यक्ष मगरले खेलको माध्यमबाट राष्ट्र निर्माणमा योगदान पुर्‍याउने साझा अभियानमा सबैको साथ, समर्थन र सहकार्यको लागी अनुरोध गरेका छन् ।

    प्रतियोगीता देविनगरस्थित नविनऔधोगिक मीविको मैदानमा हुने र प्रतियोगिता सम्पन्न गर्न करिव ३० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।प्रतियोगिताको बुद्ध टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology