Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रेस युनियनद्वारा आयोजित विकास पत्रकारिता तालिम समापन

प्रेस युनियनद्वारा आयोजित विकास पत्रकारिता तालिम समापन

  • 1.9K
    SHARES

  • प्रेस युनियनद्वारा आयोजित विकास पत्रकारिता तालिम समापन

    बुुटवल,जेठ २९ ।

    नेपाल प्रेस युनियन रुपन्देहीको आयोजनामा भएको दुई दिने विकास पत्रकारिता तालिम समापन गरिएको छ ।

    समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले पत्रकारितामाथि आक्रमण र त्रासको वातावरण बनेको भन्दै स्वतन्त्र प्रेसका पक्षमा सबै एकठाउ र निर्भिक भएर उभिनुपर्ने बताउनुभयो। उहाँले पत्रकारहरुले सधै आलोचनात्मक चेत बोकेर काम गरिरहनुपर्ने बताउनुभयो ।

    अध्यक्ष पोखरेलले केही समुह मुलुकमा केही भएन भन्ने गलत भास्य निर्माण गरेर राज्यका निकायहरूलाई कमजोर बनाउने र ब्यवस्थालाई असफल बनाउन लागिपरेकोले पत्रकारहरूले त्यस्ता अफवाहलाई चिर्नेगरी कलम चलाउनुपर्ने बताउनुभयो ।

    नियमित रूपमा गरिने सामान्य पत्रकारिताले त्यस्ता भ्रम चिर्न नसकिने भन्दै उहाले पत्रकारिता र सिंगो ब्यवस्थामाथिको आक्रमण बिरूद्व शसक्त रूपमा कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।

    IMG_0605.jpeg

    तालिममा प्रमुख प्रशिक्षकका रुपमा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले सहजीकरण गर्नुभएको थियो ।

    कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेल,प्रेस युनियनका केन्द्रीय सदस्य रेखा भुसाल,सल्लाहकार माधव नेपाल,पूर्व अध्यक्ष खिमानन्द भट्टराई, हरिष ढकाल, भवानी प्रसाद पाण्डे,अग्रज बिष्णु भुसाल लगायतले अनुभवसहित सहजीकरण गरेका थिए ।

    प्रेस युनियन रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा भएको तालिममा रुपन्देहीका करिब १ सय ५० जना सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

    सो अवसरमा प्रेस युनियनका सदस्य एवं सर्जक डिल्लीनारायण पाण्डेयलाई दोसल्ला र प्रशंसापत्रले सम्मान गरिएको छ । पाण्डेयले बुटवलसहित बिभिन्न ४ वटा नगरका गान रचना गर्नुभएको छ । कार्यक्रममा सर्जक पाण्डेयले युनियन गरेको सम्मानप्रति आभार ब्यक्त गर्नुभयो ।

    IMG_0546.jpeg

    युनियन रुपन्देहीका अध्यक्ष कबिन्द्र नेपालको अध्यक्षता तथा सचिव कपिल ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो भने तालिमको संयोजकमा उपाध्यक्ष कल्पना तिवारी रहुनभएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology