ओखलढुङ्गा,जेठ २९ ।
ओखलढुङ्गामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । चिशंखुगढी गाउँपालिका-६ भदौरे बस्ने २० वर्षीय भूपेन्द्र मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
भूपेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)