Logo मंगलवार, श्रावण १२ गते २०८३
images

(अनेरास्ववियु) को २४ औँ महाधिवेशन :आज विद्युतीय मेसिनबाट मतदान

(अनेरास्ववियु) को २४ औँ महाधिवेशन :आज विद्युतीय मेसिनबाट मतदान

  • 957
    SHARES

  • (अनेरास्ववियु) को २४ औँ महाधिवेशन :आज विद्युतीय मेसिनबाट मतदान

    काठमाडौँ, जेठ २९ ।

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)  को २४ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि बिहीबार १० बजेबाट मतदान हुने भएको छ । विद्युतीय मेसिनबाट मतदान हुने छ ।

    विद्युतीय मेसिनमा मतदाताको अन्तिम नामावली निकालेपछि मेसिनमा उम्मेदवारको नाम सेटिङ गर्नुपर्नेलगायत प्राविधिक कारणले मतदान ढिला भएको बताइएको छ । 

    अध्यक्ष मण्डलका सदस्य माधव ढुङ्गेलले निर्वाचन प्रक्रिया ढिलो गरी सुरु भएको जानकारी दिनुभयो । अनेरास्ववियुको अध्यक्षका लागि डा। सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । दुई उपाध्यक्षका लागि नौ जनाको उम्मेदवारी परेको छ । खुला उपाध्यक्षतर्फ भरत धामी, राजकुमार ढकाल, विकास श्रेष्ठ, धर्मेन्द्र केसी र रोहित बमको उम्मेदवारी परेको छ ।

    त्यस्तै महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी, आरती भट्टराई, सुनिता धिताल र भवानी बजगाईंको उम्मेदवारी परेको छ । महासचिवमा दीपक धामी, आरके रोमस र सुनिल कँडेलको उम्मेदवारी परेको छ । उपमहासचिव पदमा अमर शाही, कमल जोशी र प्रेमिका शाहीको उम्मेदवारी परेको छ । सचिवका लागि भने ३६ जनाको उम्मेदवारी परेको छ ।

    महाधिवेशनमा एक हजार ५३४ प्रतिनिधि छन् । १५१ पदका लागि ५२१ जनाले मनोनयन दर्ता गरेका छन् । अधिवेशनको हलले १५१ सदस्यीय केन्द्रीय कमिटी, नौ जना पदाधिकारी र ३२ बर्से उमेर हदलाई अनुमोदन गरिसकेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology