Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडी र पौडेलसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडी र पौडेलसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

  • 1.3K
    SHARES

  • नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडी र पौडेलसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

    काठमाडौँ ,जेठ २५ ।

    आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी, भ्रष्टाचार मुद्दामा निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    अख्तियारले टेलिकमको विलिङ सिस्टम अपग्रेड गर्ने कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । २०६८ पुस ६ गते तत्कालीन प्रबन्ध निर्देशक पौडेल समतेले चिनियाँ कम्पनी एसियाइन्फो लिंकेज टेक्नोलोजीसँग कन्भर्जेन्ट रियल–टाइम बिलिङ र ग्राहक समर्थन (सीआरटीबी एण्ड सीएस) विलिङ प्रणालीका लागि सम्झौता गरे । 

    जसको उद्देश्य विभिन्न प्लेटफर्ममा विद्युतीय माध्यमबाट सञ्चालन भइरहेको जीएसएम मोबाइल, फाइबर, इन्टरनेट, लिज्ड लाइन, वाइरलाइन/वायरलेस ब्रॉडब्यान्ड आदि दूरसञ्चार सम्बन्धी सेवाहरू एउटै प्लेटफर्ममा एकीकृत गर्नु, रियल–टाइम बिलिङ गरी तुरुन्तै शुल्क गणना गर्नु र अपडेट गर्नु रहेको थियो ।

    खरिद सम्झौतामा वार्षिक मर्मत सम्भार सम्झौताअन्तर्गत ६ वर्षसम्मलाई सेवा दिन सकिने र वार्षिक मर्मत सम्भार (एएमएसी) लिने दिने कार्य ५ प्रतिशत घट्दो दरमा भुक्तानी गर्नुपर्ने व्यवस्था थियो ।उक्त सम्झौता पहिले नै कम्पनीसँग भएको जानी जानी पौडेलसहित प्रतिवादीहरूले वार्षिक ५ प्रतिशत छुटसहितको एएमएसी सेवा प्रतिकूल हुनेगरी एसियाइन्फोसँग अस्वभाविक मूल्य कायम गराएको आरोप अख्तियारको छ । 

    उनीहरुले २ करोड ५ लाख अमेरिकी डलरमा एएमसी सेवा खरिदका लागि सम्झौता गरेका थिए ।मूल सम्झौताअनुसार वार्षिक एएमसीबापतको रकम ३४ लाख ७२ हजार अमेरिकी डलर हुन्थ्यो ।

    तर, दोस्रो वर्ष एएमसी सेवा खरिद गर्दा ४ वटा पूरक सम्झौता गरी ३५ करोड ८६ लाख अमेरिकी डलरमा एएमसी सेवा खरिद गरेको देखिएको अख्तियारको आरोप छ । यस्तै दोस्रो वर्ष एएमसी सेवा खरिद पश्चात थप दुई पूरक सम्झौता भएका थिए ।

    जसमा वार्षिक रूपमा छुटसहितको ५ वर्षको एएमसी सेवा खरिदका लागि २०७८ असोज ६ गतेको बैठकको आधारमा १ करोड ६० लाख अमेरिकी डलर लग्नुपर्नेमा २ करोड ५ लाख अमेरिकी डलरमध्ये नयाँ विशेषता र तालिमको रकमबाहेक एएमसी वापत १ करोड ८५ लाख अमेरिकी डलर लगेको देखिएको अख्तियारको ठहर छ ।

    यसरी उनीहरुले २४ लाख ४३ हजार अमेरिकी डलर अर्थात् ३३ करोड ४८ लाख नेपाली रुपैयाँ हिनामिना हानीनोक्सानी गरे गराएको देखिएको आरोपपत्रमा अख्तियारले उल्लेख गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology