काठमाडौँ, जेठ २४ ।
मुस्लिम धर्मालम्वीहरुको दोस्रो महान् पर्व बकर इद देशभर मनाइँदै छ । बिहानैदेखि मस्जित पुगेर आफ्नो धर्मनुसार यो पर्वलाई धुमधामका साथ शुभकामना आदानप्रदान गर्दै मनाउन सुरु गरेको छ ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।
बकर इद काठमाडौँको घण्टाघरस्थित मस्जित र अन्य मस्जितमा समेत मनाइएको छ । काठमाडौँ घण्टाघरस्थित मस्जितमा बकर इद यसरी मनाइँदै छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)