बुटवल,जेठ २१ ।
मानवअधिकार तथा शान्ती समाजको २९औं स्थापना दिवसको अवसरमा रुपन्देही शाखाद्वारा शिक्षक विद्यार्थी विच बैज्ञानिक शिक्षा सम्बाद र दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरेकोछ ।
पहिलो कार्यक्रम बुटवल देविनगर स्थित गार्गी एकेडेमीमा शिक्षक/विद्यार्थीसग बैज्ञानिक शिक्षा सम्बाद र दोस्रो कार्यक्रम तिलोत्तमा योगिकुटी स्थित शान्ति कुन्जमा दिप प्रज्वलन गरेको हो ।
कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका पुर्व केन्द्रिय सभापति गोविन्द खनालले शान्ति समाजको स्थापना पुर्ण लोकतन्त्र स्थापना र नागरिक स्वतन्त्रता लागि भएको वताउनुभयो। उहाँले बैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ सेवाको लागि शान्ति समाजले सरोकारवालाइ निरन्तर घचघचाइरहेको बताउनुभयो ।
नेपाल पत्रकार महासघ रुपन्देही अध्यक्ष दिनेश पाण्डेले प्रेस स्वतन्त्रता र नेपालको लोकतान्त्रिक गणतन्त्र स्थापित गर्न शान्ति समाजको अतुलनीय योगदान रहेको उल्लेख्य गर्दै मानवअधिकार रक्षाको लागि पत्रकार महासघ सदैव शान्ति समाजको साथमा रहेको बताउनुभयो
गार्गी एकेडेमीका प्राचार्य भुवन अधिकारीले शान्ति समाजले आफ्नो शैक्षिक प्रतिष्ठान छनौट गरि बैज्ञानिक शिक्षा र गुणस्तरीय सेवाको बारेमा शिक्षक विद्यार्थी बिच सम्बाद आयोजना गरेकोमा सराहना गर्नुभएको थियो।
शान्ति समाज रुपन्देही सभापति अर्जुन ज्ञवालीले बैज्ञानिक शिक्षा सगै जगतमुखी जीवनमुखी सेवामुखी अभियानलाइ अगाडि बढाउदै मानवअधिकार, शान्ति, लोकतन्त्र र अहिन्साको लागि निरन्तर क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नागरिक सर्वोच्चताको लागि आफुहरु निरन्तर क्रियाशिल रहेको वताउनुभयो
कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय उपाध्यक्ष विनोद परियार्, नेपाल प्रेस युनियनका अध्यक्ष कबिन्द्र नेपाल, प्रेस चौतारिका अध्यक्ष भगवती पाण्डे, सञ्चारीका समुह रुपन्देही अध्यक्ष मिना ढकाल, समाजसेवी जीवन अधिकारी लगाएत बरिष्ठ पत्रकार साथिहरु, शान्ती समाजका केन्द्रीय सदस्य, अपिल समिति सदस्य, पुर्व जिल्ला सभापतिहरु, पुर्व केन्द्रीय पदाधिकारीहरु, जिल्ला समितिका पदाधिकारिहरु, सामाजिक अभियान्ता, अधिकारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो |
कार्यक्रम रुपन्देही सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, उपसभापति कृष्ण पाण्डेको स्वागत र सचीव लिलाधर लुइँटेलको संचालनमा सप्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)
-
बुधवार, जेठ २१ २०८२१०:११:४१
-