Logo मंगलवार, श्रावण १२ गते २०८३
images

२४ घण्टामा कहाँ कति भेटिए कोरोना संक्रमित,जिल्लागत तथ्यांक सहित

२४ घण्टामा कहाँ कति भेटिए कोरोना संक्रमित,जिल्लागत तथ्यांक सहित

  • 3.1K
    SHARES

  • २४ घण्टामा कहाँ कति भेटिए कोरोना संक्रमित,जिल्लागत तथ्यांक सहित

    बुटवल,भदौ २३- 

    नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार नाघेको छ।  २४ घण्टामा ९ सय २ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ। 

    ३ सय ७ महिला र ५ सय ९५ पुरुष गरी ९ सय २ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। प्रदेश १ को इलाममा १, उदयपुरमा २, ओखलढुंगामा १३, झापामा १६, मोरङमा ५१ र सुनसरी ३८ जनामा कोरोना भेटिएको छ। 

    प्रदेश २ को धनुषामा ३३, पर्सामा १४, बारामा १२, महोत्तरीमा ४, रौतहटमा ८, सप्तरीमा १८, सर्लाहीमा ६ र सिरहामा ४ जनामा कोरोना पाइएको छ।

    २४ घण्टामा गरिएको परीक्षणमा बागमती प्रदेशको काठमाडौंमा मात्र ३ सय जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। काभ्रेमा २, चिततवनमा २०, दोलखामा २, धादिङमा ८, नुवाकोटमा ३, भक्तपुरमा ५८, मकवानपुरमा २४, रामेछाप ८, ललितपुर ३८ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना भेटिएको छ। 

    यस्तै, गण्डकी प्रदेशको कास्कीका ३०, गोरखाका १८, तनहुँका ३, नवलपरासी पूर्वका ७, पर्वत १, लमजुङका २, वाग्लुङका १० र स्याङजाका १ जनामा कोरोना पुष्टि भएको छ। 

    कोरोना पुष्टि हुनेमा प्रदेश ५ को अर्घाखाँची, कपिलवस्तु र गुल्मीमा गरी १-१, दाङमा ३, बर्दियामा ७, बाँकेमा ५, रुपन्देहीमा २१ र रोल्पाका १ जना रहेका छन्। 

    कर्णाली प्रदेशको दैलेखमा १ र सुर्खेतमा १८, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ९ र कैलालीमा ७७ गरी ९ सय २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। 

    कुल संक्रमितमध्ये १४ हजार ८ सय ६८ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १० हजार ६ सय ११ जनाको परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या ७ लाख ८८ हजार १ सय ७४ पुगेको छ। देशभर हाल ५ हजार ३ सय १० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology