Logo मंगलवार, श्रावण १२ गते २०८३
images

११ बुंदे घोषणा पत्र जारी गर्दै सकियो टेलिभिजनहरुको प्रथम राष्ट्रिय कार्यशाला

११ बुंदे घोषणा पत्र जारी गर्दै सकियो टेलिभिजनहरुको प्रथम राष्ट्रिय कार्यशाला

  • 1.6K
    SHARES

  • ११ बुंदे घोषणा पत्र जारी गर्दै सकियो  टेलिभिजनहरुको प्रथम राष्ट्रिय कार्यशाला

    बुटवल,जेठ १८ ।

    समृद्ध लुम्बिनीका लागि सञ्चार भन्ने नारासहित लुम्बिनीमा सुरु भएको टेलिभिजनहरुको प्रथम राष्ट्रिय कार्यशाला आईतबार सम्पन्न भएको छ ।

    सरकारी विज्ञापन तथा अनुदानको समानुपातिक वितरण, संकटमा परेका आमसञ्चारका माध्यमलाई परियोजना धितो राखेर सहुलियत व्याजमा ऋणको सुविधा, सञ्चारमाध्यमहरुका लागि खरिद गरिने उपकरण तथा सवारी साधनहरुमा भन्सार छुट दिनुपर्ने, विद्युत महशुलमा छुट दिनुपर्ने, टेलिभिजनहरुको नविकरण सम्बन्धित प्रदेशबाटै गर्नुपर्ने लगायतका ११ बुंदे घोषणा पत्र जारी गर्दै कार्यशाला सम्पन्न भएको हो ।IMG_9823.jpeg

    दुईदिन सम्म लुम्बिनीमा संचालित कार्यशालामा टेलिभिजनहरुले मुलुकको परिवर्तन र विकासका लागि खेलेको भूमिका तथा टेलिभिजनहरुले भोग्दै आएका समस्याहरुबारे विभिन्न समुहमा छलफल गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology