Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

वीपी स्मृति आधारभुत विद्यालयमा गुल्मी-खर्ज्याङ रूपन्देही सम्पर्क समाजद्वारा शैक्षिक सामाग्री वितरण

वीपी स्मृति आधारभुत विद्यालयमा गुल्मी-खर्ज्याङ रूपन्देही सम्पर्क समाजद्वारा शैक्षिक सामाग्री वितरण

  • 978
    SHARES

  • वीपी स्मृति आधारभुत विद्यालयमा गुल्मी-खर्ज्याङ रूपन्देही सम्पर्क समाजद्वारा शैक्षिक सामाग्री वितरण

    गुल्मी,जेठ १६ ।

    गुल्मी-खर्ज्याङ रूपन्देही सम्पर्क समाजले शैक्षिक सामाग्री वितरण कार्यक्रम गरेको छ । समाजले गुल्मीको छत्रकोट पाँच खर्ज्याङमा रहेको श्री वि पि  स्मृति आधारभुत माध्यमिक विध्यालयमा उक्त कार्यक्रम गरेको हो ।

    कार्यक्रममा प्रमुख अतिथी  आत्मबोध माध्यमिक बिध्यालयका  पुर्व प्रध्यानाध्यापक  मदन ज्ञवालीले  शिक्षा  अभियान अन्तगत गरिएको यस्तो खालको सामाजिक कार्यक्रम गर्नु सर्हानिय रहेको बताउनु भयो ।

    कार्यक्रमका विशिष्ट अतिथि  विध्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत पालुंगेले शिक्षा बालबालिकाको आधारभुत आवश्यकता भएकोले समाजले बिध्यालयका बालबालिको उज्यालो भविष्यप्रति गरिएको सामाजिक सहयोग प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।  

    कार्यक्रममा वडाका जनप्रतिनिधि भिमबहादुर कुमाल,समाजसेवी शिवहरी गौतम , गंगा बराल, प्रध्यानाध्यापक घनश्याम नेपालीले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा उक्त विध्यालयका ८३ जना विध्यार्थीलाई झोला तथा दिवा खाजाको लागि टिफिन बक्स समाजका सदस्य तथा कार्यक्रमका सम्योजक विष्णु पन्तले गर्नुभएको थियो ।

    समाजका अध्यक्ष राजिव जंग कुवरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समाजका सचिव हरि प्रसाद न्यौपाने र कार्यक्रमको  सञ्चालन समाजका वरिष्ठ उपाध्यक्ष भुवन पन्तले गर्नुभएको थियो ।c4bee5b2-b650-43a2-84bc-6553ed3a1158.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology