Logo मंगलवार, श्रावण १२ गते २०८३
images

यातायात व्यवस्था कार्यालय (सवारी लाइसेन्स)रुपन्देहीका तीन जना कम्प्युटर अपरेटरविरुद्ध बिशेष अदालतमा मुद्धा दायर

यातायात व्यवस्था कार्यालय (सवारी लाइसेन्स)रुपन्देहीका तीन जना कम्प्युटर अपरेटरविरुद्ध बिशेष अदालतमा मुद्धा दायर

  • 3.4K
    SHARES

  • यातायात व्यवस्था कार्यालय (सवारी लाइसेन्स)रुपन्देहीका तीन जना कम्प्युटर अपरेटरविरुद्ध बिशेष अदालतमा मुद्धा दायर

    बुटवल,जेठ १६ ।

    एउटाको लाइसेन्स विवरण सच्याएर अर्कोलाइ दिने यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन तीन जना कम्प्युटर अपरेटरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको

    अख्तियारले तत्कालिन कम्युटर अपरेटर कमल पराजुली, सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय यातायात व्यवस्था कार्यालय, दाङ्ग, तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगरले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्रमा कार जीप डेलिभरी भ्यानको अनुमति थपेर विवरण परिवर्तन गरी प्रणालीमासमेत परिवर्तन गरी अद्यावधिक गरी गराई दिएको आरोपमा  विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएकोजनाएको

    अख्तियारले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा दफा ११ अन्तर्गतको कसुरमा सोहीऐनको दफा दफा ११ बमोजिम कैद जरिवाना सजाय मागदाबी गरेको जनाएको

    आरोपपत्र हेरौं :-

    यातायात व्यवस्था कार्यालय सावरी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुलीसमेत ४ जना उपर गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।

    यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीमा ०१-०८-००८३६६८७ सभ्यता के.सी.को मा B add हुनपर्नेमा ०१-०८-०१०३१२६२ अर्कैको नामलाई परिवर्तन गरेर रकम लिई लाइसेन्स दिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा यातायात व्यवस्था कार्यालय सावरी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुली, सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय र यातायात व्यवस्था कार्यालय, दाङ्ग, तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगरले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीबाट मिति २०७८।१२।०७ (21-Mar-2022) मा अर्कै व्यक्ति (Applicant ID 8401685) को नाममा जारी भएको Category B- Car, Jeep, Delivery Van को सावरी चालक अनुमतिपत्रको विवरण परिवर्तन गरी सोही Applicant ID र लाइसेन्स नम्बर हुने गरी लिखित र ट्रायल परीक्षामा सामेल नै नभएका प्रतिवादी सभ्यता के.सी.को नामको विवरणहरु EDLVRS प्रणालीमा परिवर्तन (edit) गरी अद्यावधिक गरी गराई बदनियत राखी कलुसित मनसायका साथ अर्कै व्यक्तिको नामको सक्कल सवारी चालक अनुमतिपत्रका विवरणहरु प्रतिवादी सभ्यता के.सी. भन्ने व्यक्तिको सवारी चालक अनुमतिपत्रमा विवरण उल्लेख गरी गराई सावरी चालक अनुमतिपत्र जारी गरे गराएको, यातायात व्यवस्था बिभाग, मीनभवन, काठमाडौंको पत्र अनुसार प्रत्येक व्यक्तिको Applicant ID Unique हुने गरेको र Database बाट एक चोटी कसैको बिबरणको नाममा उत्पत्ति भएको Applicant ID अन्य कुनै व्यक्तिको नाममा उत्पत्ति हुदैन भन्नेसमेत व्यहोरा उल्लेख भएको आधारमा प्रतिवादीहरुले यातायात व्यवस्था बिभागमा रहेको EDLVRS प्रणालीमा Applicant Id 8401685 बाट जारी भएको अर्कै व्यक्तिको नामको Category B को सवारी चालक अनुमतिपत्र ०१-०८-०१०३१२६२ मा प्रतिवादीहरुले आपसी मिलोमतो तथा योजनामा बदनियत राखी गैरकानूनी तरिकाले सच्चाई प्रतिवादी सभ्यता के.सी.को विवरण प्रविष्ट गरी गराई सवारी चालक अनुमतिपत्रको गलत लिखत तयार गरी जारी गरे गराएको तथ्य स्थापित भएको हुँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ अन्तर्गतको कसुरमा सोही ऐनको दफा ९ र दफा ११ बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिइएको छ।
    जिल्ला रुपन्देही, तिलोत्तमा नगरपालिका वडा नं. ४ बस्ने सभ्यता के.सी.ले  Category B को सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागि प्रचलित यातायात व्यवस्था ऐन तथा नियमावली बमोजिमको प्रक्रियामा भाग नलिई अर्कौ व्यक्तिको Applicant ID  वदनियत साथ दुरुपयोग गरी उल्लेखित प्रतिवादीहरुसँगको मिलोमतो तथा योजनामा यातायात व्यवस्था विभागको प्रणालिमा रहेको उक्त सरकारी सार्वजनिक अभिलेख गैरकानूनी तरिकाले सच्याउन लगाई सवारी चालक अनुमतिपत्रको गलत लिखत तयार गरी गराई निजले सवारी चालक अनुमतिपत्र प्राप्त गरी प्रयोग प्रचलनमा समेत ल्याएको देखिएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिमको कसूरजन्य कार्यको गैरकानूनी लाभ प्राप्त गर्ने प्रकृतिको मतियार भई सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक बाक्यांशमा परिभाषित भएबमोजिमको कसूर भएको हुँदा मुख्य कसुरदारलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र  दफा ११ बमोजिम हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम निजलाई मुख्य कसूरदारसरह सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ।


    सहायक प्रवक्ता
    देवी प्रसाद थपलिया

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology