Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कर्मचारीको तलब वृद्धि भएन,महँगी भत्ता ५ हजार रुपैयाँ पुग्यो

कर्मचारीको तलब वृद्धि भएन,महँगी भत्ता ५ हजार रुपैयाँ पुग्यो

  • 921
    SHARES

  • कर्मचारीको तलब वृद्धि भएन,महँगी भत्ता ५ हजार रुपैयाँ पुग्यो

    काठमाडौँ,जेठ १५ ।

    सरकारले कर्मचारीको तलब वृद्धि नगरेपनि महँगी भत्ता ५ हजार रुपैयाँ पुर्‍याएकाे छ ।  बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमार्फत कर्मचारीको तलब वृद्धि गर्न नसकिएपनि महँगी भत्ता ५ हजार पुर्‍याउने जानकारी दिए । 

    कर्मचारीको तलब वृद्धि गर्नुपर्ने आवश्यकता बोध भएपनि स्रोत व्यवस्थापनमा परेको दबाबले गर्दा अपेक्षाअनुरूप तलब वृद्धि गर्न सम्भव नभएको अर्थमन्त्रीको भनाइ छ । तथापि २०८२ साउन १ देखि लागू हुने गरी सबै कर्मचारीले महँगी भत्ता पाँच हजार पाउने भएका छन्। 

    यसअघि कर्मचारीहरुले महँगी भत्ता बापत दुई हजार पाउँदै आएका थिए । याे वर्ष तीन हजार महँगी भत्ता बढाएर पाँच हजार पुर्‍याइएकाे हाे । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology