Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘केपी ओलीले राजीनामा दिनुपर्दथ्याे,संसद विघटनले नेपालको संस्कृति नै ध्वस्त भयाे’ : बामदेव गौतम

‘केपी ओलीले राजीनामा दिनुपर्दथ्याे,संसद विघटनले नेपालको संस्कृति नै ध्वस्त भयाे’ : बामदेव गौतम

  • 5.3K
    SHARES

  • ‘केपी ओलीले राजीनामा दिनुपर्दथ्याे,संसद विघटनले नेपालको संस्कृति नै ध्वस्त भयाे’ : बामदेव गौतम

    बुटवल,माघ १४ । 

    नेपाल कम्युनिस्ट पार्टीका नेता बामदेव गौतमले प्रतिनिधिसभा भंग नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले खुरुक्क राजिनामा दिएकाे पार्टि एकता जाेगिने र  अहिलेकाे समस्या नै नआउने बताएका छन्  । नेता गौतमले पार्टी विभाजन हुनुमा प्रचण्ड र केपी शर्मा ओलीको बराबर भूमिका रहेको समेत बताए ।

    ‘पुस ५ गते एउटाले अविश्वास प्रस्ताव राखेर प्रधानमन्त्री हटाउने र विकल्पमा प्रधानमन्त्री हुने, अर्कोले तिमीले बहुमत पुर्‍याउन अनेक गर्दैछौ, त्यसो गरे प्रतिनिधिसभा भंग गरिदिन्छु भनेर अनेक पटक सांकेतिक भाषामा भनिरहनुभएको थियो अचानक भंग गरिदिनुभयो’ उनले भने ।

     प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएको भए उनको इज्जत बढ्ने गाैतमले बताए । बुधबार नेकपा एकता अभियानको घोषणा गर्दै उनले भने ‘पार्टी फुटे फुट्छ भनेर प्रतिनिधिसभा भंग गरियो, प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएर राष्ट्रपतिकोमा गएको भए के हुन्थ्यो केपी ओलीको शान ? केपी ओलीको प्रतिष्ठा कति उचो हुन्थ्यो ?’

    संसद विघटनले नेपालको संस्कृति नै ध्वस्त भएको उनले बताए । ‘जहाँ हामी जान खोजेको सभ्यता थियो, त्योबाट हामी धेरै तल झर्‍यौं’ गौतमले भने ।

    पार्टी फुटेकामा नेपाली कांग्रेसलगायतका अन्य दलहरु पनि खुशी नभएको गौतमले बताए । आफूहरुले नयाँ पार्टी बनाउन नलागेको तर आफ्नो अभियानमा धेरैले साथ दिने उनले जिकिर गरे ।पार्टीमा ठूला नेता विभाजित भए पनि दोस्रो र तेस्रो पुस्ताका नेताहरु अत्यन्त चिन्तित रहेको गौतमले बताए ।

    पार्टी विभाजनका लागि गरेको गल्तीलाई तराजुमा नाप्दा प्रचण्ड र ओलीको बराबरी भूमिका देखिएको गौतमको भनाइ छ । ‘

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology