बुटवल,जेठ १५ ।
पतञ्जली योग समिति रुपन्देहीको आयोजनामा योग शिबिर शुरू भएको छ । बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसमाआज एक समारोहका बिच बुटवल नगर प्रमुख खेलराज पाण्डेयले शिबिरको शुभारम्भ गर्नुभयो । उहाले योगले मानिसको जीवन तनावमुक्त र स्वस्थ बनाउने बताउनुभयो ।
यसलाइ नियमित गर्नुपर्ने उहाको भनाइ छ । स्वास्थ्य जीवन र तनावमुक्त जिवनका लागि राखिएको याेग शिबिरमा ३२५ जनाको सहभागिता रहेको प्रशिक्षकबिष्णु श्रेष्ठले बताउनुभयो ।
बिहान ५ बजेबाट शुरू हुने शिबिर हरेक दिन चल्ने पतन्जलि योग समिति रुपन्देहीका अध्यक्ष राजन नेपालले बताउनुभयो । कार्यक्रममा बुटवल ११ का कार्यबाहक वडाध्यक्ष नकुल शाही ,लुम्बिनी बाणिज्य क्याम्पसका प्राचार्य ताराप्रसाद उपाध्याय लगायतले बोल्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)