Logo मंगलवार, श्रावण १२ गते २०८३
images

१८ औं गणतन्त्र दिवस : लुम्बिनी प्रदेश सरकारद्वारा प्रभातफेरी

१८ औं गणतन्त्र दिवस : लुम्बिनी प्रदेश सरकारद्वारा प्रभातफेरी

  • 1.0K
    SHARES

  • १८ औं गणतन्त्र दिवस : लुम्बिनी प्रदेश सरकारद्वारा प्रभातफेरी

    दाङ,जेठ १५ ।

    लुम्बिनी प्रदेश सरकारले १८ औं गणतन्त्र दिवस उत्सवको रूपमा मनाइरहेकाे छ। तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरेर दिवस मनाउने गरी आज मुल समारोह आयोजना गरिएको छ । e9c11b37-8351-49a2-9b34-5a4942d0a83a.jpeg

    दिवसको अवसरमा विभिन्न कला, संस्कृतिसहितको झाँकी सम्मिलित प्रभातफेरीको आयोजना गरिएको छ । राप्ती गाउँपालिकाको परिसरबाट सुरु भएको प्रभातफेरी प्रदेश सभा पुगेर सभामा परिणत हुने छ ।

    स्थानीय कला, संस्कृति, समुदायको भेषभूषा र पञ्चे बाजासहितको प्रभातफेरी सुरु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यसहित प्रदेश सभाका सभामुख, पूर्व मुख्यमन्त्रीहरू, मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकाय, कर्मचारी तथा आम समुदायको सहभागिता रहेकाे छ ।ad953d2f-186d-4ab6-863e-623784d70b28.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology