बुटवल,जेठ १३ ।
नेपाल प्रेस युनियनको ३४ औँ स्थापना दिवसमा रूपन्देही शाखाले बुटवलमा दीप प्रज्वलनगरी मनाएको छ ।
यूनियनका केन्द्रीय नेतृत्व, नेपाली काँग्रेसका नेता एवम विभिन्न पत्रकार सम्बद्धहरुको सहभागितामा स्थापना दिवसमा वीपी चोकमा मङ्गलवार साँझ दीप प्रज्वलन गरि मनाएको हो।
विभिन्न कार्यक्रमका साथ स्थापना दिवस मनाउने नेपाल प्रेस युनियन केन्द्रीय समितिको निर्णय अनुसार बुटवलकोबिपी चोक स्थित बिपीको सालिक वरपर दीप प्रज्वलन गरिएको युनियनका रुपन्देही अध्यक्ष कविन्द्र नेपालले बताए।
प्रजातान्त्रिक पत्रकारहरूको भेलाले ट्रेड युनियनको अवधारणामा पत्रकारहरूको पेसागत हकहितका लागि एकताबद्ध रसङ्गठित रूपमा अगाडि बढ्ने दृढ सङ्कल्प सहित २०४८ जेठ १३ गते नेपाल प्रेस युनियनको स्थापना भएको थियो ।
रुपन्देहीमा भने २०५१ सालमा जिल्ला शाखा गठन गरिएको थियो । देशभर ८ हजार बढी सदस्य नेपाल प्रेस युनियनको रुपन्देहीमा २ सय बढी सदस्य आबद्ध रहेको युनियन रुपन्देहीका सचिव कपिल ज्ञवालीले बताए ।
स्थापना काल देखिनै पत्रकारहरूको हकहितमा आवाज उठाउँदै आएको नेपाल प्रेस युनियनले व्यावसायिक पत्रकारिताविकास, स्वतन्त्र पत्रकारिता र श्रमजीवी पत्रकारहरूको क्षमता विकास लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
श्रमजीवीका पक्षमा वकालत गर्दै आएको प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासङ्घमा नेपालबाट सदस्यता प्राप्तगर्ने पहिलो संस्था हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)