Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेकपा (प्रचण्ड-माधव )समूहद्वारा काठमाडाैँको माइतीघर मण्डलामा धर्ना

नेकपा (प्रचण्ड-माधव )समूहद्वारा काठमाडाैँको माइतीघर मण्डलामा धर्ना

  • 3.1K
    SHARES

  • नेकपा (प्रचण्ड-माधव )समूहद्वारा काठमाडाैँको माइतीघर मण्डलामा धर्ना

    बुटवल,माघ १४ । 

    नेकपा प्रचण्ड-माधव समूहले काठमाडाैँको माइतीघर मण्डलामा धर्ना दिएको छ । नेकपा प्रचण्ड–माधव समूहका विघटित प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यहरुले संसद विघटनको विरोधमा बुधबार माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।

    नेकपा प्रचण्ड–माधव समूहकी नेतृ पम्फा भुसालले असंवैधानिक रुपमा संसद विघटन गरी देशलाई प्रतिगमनतर्फ फर्काउने उल्टो कदम सच्याउन दबाव दिने उदेश्यले धर्ना बसेको बताइन् ।

    संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाको निम्ति धर्ना बसेको उनको भनाइ छ । धर्नामा बसेका अर्का नेता हरिबोल गजुरेलले जनताले आफ्नो प्रतिनिधिमार्फत बनाएको संविधानमाथि हस्तक्षेप भएको हुँदा आमजनता धर्नामा बस्नुपर्ने अवस्था आएको बताए ।

    संविधानको रक्षा गर्न र जनतालाई संविधानको रक्षाको निम्ति आउने विश्वासका साथ धर्नामा बसेको उनको भनाइ छ ।नेकपा प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा आन्दोलनको विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

    संसद विघटनको विरोधमा शनिबारबाहेक माघ २१ गतेसम्म प्रत्येक दिन २ घण्टा धर्ना बस्ने कार्यक्रम रहेको सो समूहले जनाएको  छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology