Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पोखरामा जारी गण्डकी कोटिहोममा भक्तजनको ओइरो (फोटोफिचर)

पोखरामा जारी गण्डकी कोटिहोममा भक्तजनको ओइरो (फोटोफिचर)

  • 1.6K
    SHARES

  • पोखरामा जारी गण्डकी कोटिहोममा भक्तजनको ओइरो (फोटोफिचर)

    पोखरा,जेठ १२ ।

    पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा उत्तरार्धतर्फ आउँदै गर्दा दानवीर र भक्तजनको उपस्थिति बढ्दै गएको छ ।

    कोटिहोममा हुने अनेक गतिविधिलाई नजिकबाट नियाल्न पनि भक्तजनको उपस्थिति बढ्दै गएको हो । कोटिहोममा रहेका हरेक पण्डाल भक्तजनले भरिभराउ देखिन्थ्यो । कोटिहोम कतै प्रवचन, कतै वक्तृत्वकला प्रतियोगिता कतै राष्ट्रिय भजन प्रतियोगिता कतै सत कुण्डीय हवन, आध्यात्मिक अनुष्ठानहरूमा दर्शन गर्ने भक्तजनहरूको भिड देखिन्थ्यो । कोटिहोममा देश विदेशबाट आगमन भएका साधु, सन्त, महन्तहरूले श्रृतिमधुर स्वरमा प्रवचन तथा सन्देश दिने गरेका छन् eca2280b-55cf-407d-9d6a-ca91135dbefd.jpeg

    यसैबिच सोमबार महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको गाउँका जनप्रतिनिधि र महाराजले अध्ययन गरेको विद्यालयका व्यवस्थापन समितिका अध्यक्षको सहभागिताले महायज्ञमा ऊर्जा थपिएको थियो ।

    कोटिहोममा महाराजको गाउँ धुर्कोट गाउँ पालिका वडा नं. ५ का वडा अध्यक्ष केशवराज भण्डारी, महाराजले अध्ययन गरेको विद्यालय हिमालय माविका अध्यक्ष लोकहरि भण्डारी, कालिका भगवती मन्दिर संरक्षण समितिका अध्यक्ष युवराज भण्डारी, परमानन्द भण्डारी बहुमुखी क्याम्पसका प्रमुख ऋषिराम पाण्डेले कोटिहोम दर्शन गरेका थिए ।

    आइतबार देखि सुरु भएको राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिताले पनि कोटिहोममा देशभरका विद्यालयबाट शिक्षक तथा विद्यार्थीहरूको पनि सहभागिता रहेको छ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त वाल प्रतिभाको प्रवचन र प्रतियोगिहरुको प्रस्तुतिले कोटिहोम विद्यार्थीहरूका लागि धर्म संस्कृति संस्कारको सिकाइको थलो बनेको छ ।21485cf0-a952-43f6-a926-03e10168a900.jpeg

    धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिले ऐतिहासिक बन्दै गएको कोटिहोममा देशभरबाट जनप्रतिनिधि, साधु–सन्त, समाजसेवी, विद्यार्थी र सर्वसाधारणको सहभागिता आयोजकलाई थप उत्साह थपेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनका अनुसार कोटिहोमकको उत्तरार्धतर्फ आउँदै गर्दा जनप्रतिनिधिको सहभागितासँगै केही न केही दान गरेर जाने गरेका छन् ।

    सोमबार पनि कोटिहोममा बढिगाऊ गाउँपालिका बागलुङकी अध्यक्ष गण्डकी थापाले आफ्नो व्यक्तिगत तर्फबाट कोटिहोम दर्शनसँगै २ लाख १ हजार १ सय १२ रुपैयाँ सहयोग गरी दुई जना अनाथ वाल वालवालिकाको लागि अभिभावक बनिन् । उनले कोटिहोम सिकाईको थलो भएको बताउँदै यस्तो पुण्य अवसर नछुटाउन सबैलाई आग्रह गरिन् । कोटिहोमले गण्डकी प्रदेशलाई धार्मिक पर्यटनसँग जोड्न टेवा पु¥याएको बताइन् ।

    कोटिहोममा नेपाल सुन चादी रत्न तथा आभूषण व्यवसायी सङ्घ पोखराबाट ५० हजार ५ सय,  पोखरा– १४ का मीन बहादुर खत्री, राधिका खत्री बाट ५१ हजार ५ सय ५५ नेपाल पूर्व प्रहरी सङ्गठन पोखरा ७ कास्की बाट ५५ हजार ५ सय ५५, गीता थापाबाट ३० हजार, डा. कृष्ण गोपाल पराजुली र विष्णुमाया पराजुलीबाट २५ हजार २ सय ५२, लमजुङका सुकदेव बास्तोलाबाट रु १५ हजार १ सय १५, साझा बजार महिला समूहबाट रु १५ हजार १ सय ५५, सिता लक्ष्मी नगद र जिन्सी सहित रु ५२ हजार ५ सय ५०, पर्यटन व्यावसायिक महिला सघं नेपाल पोखरा– ६ बाट रु २५ हजार १ सय २५, पोखरा– १३ बालगोपाल आमा समूहकी बाट १७ हजार १ सय ५५ जवारेवर आमा समूह पोखरा–२२ बाट  रु १५ हजार १ सय ५५, समुदायिक सेवा समिति पोखरा २ बाट  रु २५ हजार १ सय २१, नवप्रभात आमा समूह पोखरा ६ बाट रु १५ हजार १ सय १५, चालिसेमार्ग दिदीबहिनी समूह पोखरा – ८ बाट २५ हजार ३ सय ६५, निर्मला रानाभाट बाट रु रु २५ हजार १ सय ५५, शिव प्रसाद पौडेलबाट १५ हजार  सीता देवी सिग्देलबाट १० हजार, पोखरा– ६ कि सिता पाण्डेबाट १० हजार ६ सय ५,  पोखरा–९ का दीपक बराजुबाट १० हजार १ सय सहयोग प्राप्त भएको छ ।

    कोटिहोम अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचीका देवी प्रतिभाले कथा वाचन गरेकी छन् । २५ जनाको समूहका साथ पुनः पोखरा आएकी देवी प्रतिभाले जेठ १६ गतेसम्म दिव्य प्रवचन दिने कार्यक्रम रहेको महायज्ञका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।788ff639-7782-4164-aa7a-e9b0ac34bacb.jpeg

    त्यस्तै जेठ १४ देखि २२ गतेसम्म भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत कथा प्रवचन गर्ने कार्यक्रम तय भएको छ । कोटिहोममा कास्की विद्यालयका विद्यार्थीहरूको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ ।

    मानव सेवा फाउन्डेसनले ललितपुरमा मामाघर अनाथालय आश्रम र भक्तपुरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम नयाँ भवनको शिलान्यास गरिसकेको छ । सनातन हिन्दु धर्मको रक्षासँगै ललितपुरको मामाघर अनाथालय र भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि सहयोग स्वरूप पोखरामा कोटिहोम सञ्चालन भएको हो ।

    कोटिहोममा जारी राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता सोमबार २३ जना प्रतियोगीले आफ्नो प्रस्तुति राखेका छन् । ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षक रहेको उक्त प्रतियोगितामा देशभरबाट ९० जना प्रतियोगीको सहभागिता रहेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद्  डा. तुलसी प्रभास खनालले जानकारी दिए ।4825efc9-00ae-4215-881e-0f73d12eecea.jpeg
    आज प्रतियोगितामा काठमाडौँ, कास्की, स्याङ्जा, नवलपुर, बागलुङ, रुपन्देही, चितवन, गुल्मीबाट सहभागिता रहेको थियो ।

    उक्त प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त वाल प्रतिभा पाल्पाकी ओजस्वी आचार्यले प्रतियोगिताले विद्यार्थीलाई धर्म संस्कृति र संस्कारका बारेमा नजिक बाट बुझ्ने मौका मिल्ने बत्ताइन ।

    अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, युवा दार्शनिक चैतन्यकृष्ण महाराजकालगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्। कोटिहोममा रक्तदान र राष्ट्रिय भजन प्रतियोगिता जारी छ ।

    कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन् । पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए । 042eb9fb-23d4-47f6-9d16-25fd30d5dcc5.jpeg

    उनका अनुसार कोटिहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ), रोगनिवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ,  गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमि दान, गोदान, कवच पाठ लगायतका अनुष्ठान तथा कर्महरू गर्ने व्यवस्था रहेको छ ।

    कोटिहोममा चौरासी पूजन कार्यक्रम, सवा करोड पार्थिव शिवलिंगको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त  गर्ने महत्त्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमदभागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवत मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमिनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्त्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

    त्यसै गरी पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने,  वैवाहिक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लुघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

    कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology