Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनीमा कोभिड १९ विरुद्धको खोप लगाउन सुरु, मुख्यमन्त्री पोखरेलले गरे अभियानको सुरुवात

लुम्बिनीमा कोभिड १९ विरुद्धको खोप लगाउन सुरु, मुख्यमन्त्री पोखरेलले गरे अभियानको सुरुवात

  • 2.8K
    SHARES

  • लुम्बिनीमा कोभिड १९ विरुद्धको खोप लगाउन सुरु, मुख्यमन्त्री पोखरेलले गरे अभियानको सुरुवात

    बुटवल,माघ १४ ।

    लुम्बिनी प्रदेशमा कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ। आज लुम्बिनी प्रादेशिक अस्पतालमा एक कार्यक्रमका बिच मुख्यमन्त्री शंकर पोखरेलले खोप अभियानको सुरुवात गरेका छन्।

    अभियानस‌ंगै लुम्बिनी प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले पहिलो खोप लगाएका छन्। 

    लुम्बिनी प्रदेशमा ३९ हजार ४ सय ९५ जनाको लागि ८७ हजार ६ सय ७९ डोज खोप आएको सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी डा. पुष्पराज पौडेलले बताए।  त्यस मध्ये सबै भन्दा बढी रुपन्देहीको लागि ३३ हजार ४ सय २० डोज छुट्याइएको छ।

    बाँकेको लागि १७ हजार ९० डोज, दाङमा ६ हजार ५ सय ९०, कपिलबस्तुमा ४ हजार ५ सय ४०, प्युठानमा २ हजार ३ सय ६०, बर्दियामा ४ हजार ३ सय ६०, अर्घाखाँचीमा ३ हजार ८ सय ५० डोज खोप पठाइने भने नवलपरासी पश्चिममा २ हजार ३ सय ८०, रुकुमपूर्वमा २ हजार ४०, गुल्मी ४ हजार १ सय ८०, पाल्पामा ५ हजार ४ सय ६०, प्युठानमा २ हजार ३ सय ६० र रोल्पामा २ हजार ४ सय २० डोज कोभिड १९ विरुद्धको खोप पठाइने पौडेलले नागरिक अनलाइनलाइ बताए।

    याे पनि:-

    लुम्बिनी प्रदेशमा आजदेखि कोभिड १९ बिरुद्धको खोप लगाइने, ३९४९५ जनालाई खाेप दिइने

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology