Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

दाउन्ने सडक गएरातीदेखि अवरुद्ध, खुलाउने प्रयास जारी

दाउन्ने सडक गएरातीदेखि अवरुद्ध, खुलाउने प्रयास जारी

  • 888
    SHARES

  • दाउन्ने सडक गएरातीदेखि अवरुद्ध, खुलाउने प्रयास जारी

    बुटवल,जेठ १० ।

    पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडक खण्ड वर्षाका कारण गएरातीदेखि अवरुद्ध भएको छ।  बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खुर्सानी खोला नजिकैको बाटो भस्किएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

    ७ मिटर सडक भस्किएको र सडक स्तरोन्नतिको क्रममा गरिएको ढलान समेत उप्किएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र बानियाले जानकारी दिए। शुक्रवार राती करिब ११ बजेबाट अवरुद्ध सडक शनिवार बिहानसम्म पनि सञ्चालनमा आउन सकेको छैन। सडक खुलाउने प्रयास भइरहेको उनले बताए।

    पानी परेपछि गए राती देखि नै सडक अवरुद्ध हुँदा यात्रुहरू रोकिएका छन्। अहिले पश्चिमबाट पूर्व जाने सवारी बर्दघाट र पूर्वबाट पश्चिम आउने सवारी दुम्किबास ज्यामिरेमा रोकिएका छन्।

    सडक चाँडै खुलाउने गरी काम भइरहेको प्रशासनले जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology