Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आजदेखि १५ दिनसम्म दिउँसोमा साढे ४ घण्टा बन्द हुँदै नागढुङ्गा–नौबिसे सडक

आजदेखि १५ दिनसम्म दिउँसोमा साढे ४ घण्टा बन्द हुँदै नागढुङ्गा–नौबिसे सडक

  • 924
    SHARES

  • आजदेखि १५ दिनसम्म दिउँसोमा साढे ४ घण्टा बन्द हुँदै नागढुङ्गा–नौबिसे सडक

    काठमाडौँ,जेठ १० ।

    काठमाडौँ भित्रिने सडकको मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्ड आजदेखि १५ दिन दिउँसो साढे ४ घण्टा बन्द हुँदैछ । सडक बन्द गरेर निर्माण कार्य गरिने भएको छ ।

    काठमाण्डौका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाण्डौ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा आजदेखि आउँदो २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडकखण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिनुभयो ।
    यसअघि यो खण्ड रातमा बन्द गरेर काम हुँदै आएको थियो ।

    आयोजनाले नागढुङ्गा–पिपलामोड सडक निर्माणका लागि सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि स्थानीय प्रशासनसँगको समन्वयमा काम गर्न अनुमति दिइएको हो ।निर्माण आयोजनाले प्राविधिक रुपमा निर्माण कार्य दिउँसो नै गर्नुपर्ने भनेपछि, त्यसका लागि अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताउनुभयो ।

    नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले सूचना निकालेर काठमाण्डौबाट छुट्ने गाडी नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाण्डौतर्फ आउनेलाई खानीखोलामा रोकिने जनाएको छ ।सडकमा काम हुने समयमा धार्के–सीतापाइला तथा टोखा–छहरे त्रिशूली गल्छी वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology