Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलका ३० जना गृहिणीलाई बाटेको धुप बनाउने तालिम सुरु

बुटवलका ३० जना गृहिणीलाई बाटेको धुप बनाउने तालिम सुरु

  • 1.8K
    SHARES

  • बुटवलका ३० जना  गृहिणीलाई बाटेको धुप बनाउने तालिम सुरु

    बुटवल,जेठ ४ ।

    बुटवल उपमहानगरपालिका वडा नं. ६ मा गृहिणी महिलालाई बाटेको धुप बनाउने तालिम सुरु गरिएको छ । उक्त तालिमको आईतबार नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभएको हो ।

    नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम अन्तरगत आयोजना गरिएको उक्त तालिममा वडा नं. ६ का ३० जना गृहिणी महिला सहभागि छन् ।नगरपालिकाले अघिल्लो वर्षदेखि नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम सुरु गरेको छ ।

    नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम अन्तरगत नगरपालिकामा सूचीकृत १६ तथा वडा आफैले छानेका स्वीटर बुन्ने र पापड बनाउने तालिम गरी १८ प्रकारका तालिम प्रदान गरिदैं आएको नगरप्रमुख पाण्डेयले जानकारी गराउनुभयो ।dhup talim.jpg

    त्यस अवसरमा नगरप्रमुख पाण्डेयले गृहिणी महिलालाई सीपसंग जोडेर आयआर्जनमा सहभागि गराउनको लागि नगरप्रमुख गृहिणी महिला कार्यक्रम सञ्चालन गरिएको बताउँदै सीप सिकेपछि रोजगारी वा स्वरोजगारीमा जोडिन आग्रह गर्नुभयो ।

    उहाँले त्यसबाहेक सम्भावना देखिएका अन्य विषयका तालिमका लागि समेत १५-२० जनाको समुह बनाए नगरपालिकाले तालिम प्रदान गर्ने बताउँदै एउटा तालिम लिएको व्यक्तिले अर्को तालिम नलिन पनि आग्रह गर्नुभयो । तालिमको उद्घाटन कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष लोकनाथ न्यौपानेले स्थानीय आवश्यकताको आधारमा तालिम छनौट गरिएको बताउँदै तालिम लिएपछि सम्बन्धित पेशा व्यवसायमा लाग्न आग्रह गर्नुभयो ।

    उहाँले सबैले छुट्टा छुट्टै गर्नेभन्दा पनि सकिन्छ भने सबै मिलेर एउटै ब्राण्डको उद्योग चलाउने सोँच बनाउन पनि तालिमका सहभागिलाई आग्रह गर्नुभयो । सात दिनसम्म सञ्चालन गरिने उक्त तालिममा बुटवल उपमहानगरपालिका वडा नं. ६ का ३० जना गृहिणी महिला सहभागि छन् ।

    talim aa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology