Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लीलाधर प्रतिकको मुक्तक संग्रह ‘आँखाको  नानी’ बिमोचन

लीलाधर प्रतिकको मुक्तक संग्रह ‘आँखाको  नानी’ बिमोचन

  • 2.4K
    SHARES

  • लीलाधर प्रतिकको मुक्तक संग्रह ‘आँखाको  नानी’ बिमोचन

    तिलोत्तमा,जेठ ३ ।

    कवि लीलाधर प्रतिकद्वारा लिखित आँखाको नानी’ मुक्तक संग्रह बिमोचन गरिएको छ ।

    नेपाली लेखक संघका अध्यक्ष  तथा तिलोत्तमा साहित्य कला सँगीत प्रतिष्ठानका महासचिव लिलाधर प्रतिकको यो दोस्रो कृति हो । विभिन्न सँचार माध्याममा लामो समय काम गरेको अनुभव सँगालेका पाण्डेयको २०७३ सालमा शिर माथि शिरफुल नामक मुक्तक संग्रह प्रकाशित भैसकेको छ ।

    तिलोत्तमा १, ड्राइभरटोलस्थित होराइजन कलेजमा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा वरिष्ठ आख्यानकार बनमाली निराकार, तिलोत्तमा साहित्य कला सँगीत प्रतिष्ठानका अध्यक्ष डा मुरारी पराजुली तथा साहित्यकार डीबी गुरुगँ लगायतले संयुक्त रुपमा मुक्तक संग्रहको बिमोचन गर्नुभएको थियो । प्रमुख अतिथि निराकारले मुक्तक विधा साहित्यको एउटा उत्कृष्ट विधा भएको बताउदै ३० को दशकपछि मुक्तकको महत्व झनै बढेर गएको बताउनुभयो ।

    उहाँले कृति बिमोचन गर्न पाउँदा निकै नै हर्ष लागेको बताउदै मुक्तकले दिने सन्देश निकैै नै महत्वपुर्ण र सान्दर्भिक हुने प्रष्ट पार्नुभयो । कार्यक्रमका बोल्दै अध्यक्ष डा मुरारी पराजुलीले कवि लीलाधर प्रतिकको दोस्रो कृतिको सफलताको शुभकामना दिनुभयो । वहाँले मुक्तकको स्वभाव उत्सुकता जगाउने खालको हुनपर्ने बताउँदै मुक्तकको प्रचलन नवौँ शताब्दीबाटै शुरु भएको जानकारी दिनुभयो ।

    कार्यक्रमका बोल्दै कवि लीलाधर प्रतिकले शीर पछि शीरफुलको यात्रापछि २०८२ सम्म आइपुग्दा आँखाको नानी’ सँग्रहमा १४४ वटा मुक्तकहरु सँग्रहित गर्न सकिएको बताउनुभयो । उहाँले सँग्रहित मुक्तकहरुले समाजको ऐना बनेर विकृति र विसँगति विरुद्ध धावा बोलेको बताउनुभयो ।

    कार्यक्रममा साहित्कारहरु डीबी गुरुङ, प्रलेश जिल्ला अध्यक्ष कृष्ण गाउँले, लुम्बिनी बागँमय प्रतिष्ठानका महासचिव पुरुषोत्तम पाण्डे, शँकर भण्डारी, खगेन्द्र बस्याल लगायतले विमोचित मुक्तक संग्रहको समीक्षा गर्नुभएको थियो । कवि लीलाधर प्रतिक मुक्तकका अलावा कविता, गीत, गजल, निबन्ध र अन्य साहित्यिक आलेखहरुमा समेत कलम चलाउने गर्दछन । कार्यक्रम कवि कविराज पौडेलको सन्चालनमा सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology