Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीको कञ्चनमा युवा सचेतना तथा किशोर-किशोरी अभिमुखीकरण

रुपन्देहीको कञ्चनमा युवा सचेतना तथा किशोर-किशोरी अभिमुखीकरण

  • 819
    SHARES

  • रुपन्देहीको कञ्चनमा युवा सचेतना तथा किशोर-किशोरी अभिमुखीकरण

    जगिलाल थापा/ कञ्चन,जेठ ३ ।

    रुपन्देहीको कञ्चनमा १ दिने युवा सचेतना तथा किशोर किशोरी अभिमुखीकरण कार्यक्रम अन्तर्गत विद्यार्थी–अभिभावकमा सकारात्मक सोंचको बिकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम हिजो सम्पन्न भएको छ। र्काक्रममा कञ्चन ४ का ७ वटा विद्यालयका ३५ जना विद्यार्थी र ३५ जना निजका अभिभावक तथा साथी सञ्जालका किशोर किशोरीहरु गरी ८० जनाको सहभागिता रहेको थियो।

    अभिमुखीकरण कार्यक्रममा विद्यार्थी, अभिभावक तथा किशोर किशोरीहरुलाई सम्बोधन गर्दै वडा नंं ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले व्यक्ती परिवार र समाजमा सकारात्मक सोंचको बिकास गरी असल परिवार र सभ्य समाज निर्माण गर्ने उद्धेश्यका साथ अभिमुखीकरण कार्यक्रम प्रभावकारी हुने विश्वास गर्नु भयो।

    यसैगरी कार्यपालिका सदस्य सुशिला थापाले कुनै पनि काममा परिवर्तन ल्याउनु छ भने त्यो काम प्रतिको सकारात्मक धारणा निर्माण गर्नु पर्ने बिचार व्यक्त गर्नुभयो। यसैगरी वडा सचिव चक्रपाणी पौडेलले अवको नयाँ पुस्तालाई समाजमा हुने कुलत, लागुऔषधको दुरुपयोगबाट बचाएर समाज रुपान्तरणमा एक हिस्सेदार बनाउनुपर्ने बताउनुभभयो ।

    कार्यक्रममा मनोसामाजिक परामर्शकर्ता बिष्णु सुनार, कञ्चन साथी सञ्जालको अध्यक्ष सुस्मिता नेपाली र समिक्षा रानाले व्यक्तमिा उत्पन्न भावना, सोंचाई र सोंचाईका श्रोत, प्रकार, त्यसले व्यक्ती परिवार र समाजमा पार्ने प्रभाव र असर, अभिभावक तथा बालबालिकाहरुमा हुने अपेक्षा, सम्बन्धका बारेमा अभिमुखीकरण गर्नु भएको थियो। कार्यक्रममा असल अभिभावक तथा असल बालबालिका, अभिभावक र बालबालिकामा आउने बिभिन्न भावना र सोंचाईका कारण उत्पन्न द्वन्द र त्यसको समाधानबारे सहकर्ताहरुले अभिमुखीकरण गर्नु भएको थियो।

    कञ्चन सुचना तथा सञ्चार केन्द्र, कञ्चन रुपन्देहीको आयोजना कञ्चन गाउँपालिका वडा नं. ४ को आर्थिक सहयोगमा सञ्चालन भएको कार्यक्रमको समन्वय र सहकार्य साथी सञ्जालको रहेको थियो। दियो सभा हलमा भएको कार्यक्रममा अभिभावकहरुको तर्फबाट नैना थापा सिंजाली मगर र बिद्यार्थीहरुको तर्फबाट बालकुमारी बि.क ले कार्यक्रमको संक्षिप्त अनुभव समेत सुनाउदै कार्यक्रमबाट जीवन उपयोगी कुराहरु सिक्न पाएको र आफु भित्र हुने सोंचाई र भावनाले नै व्यक्तीको व्यक्तीत्व र नेतृत्व बिकासमा ठूलो प्रभाव र असर पार्ने बिषयबारे जानकारी लिन पाएकोमा खुशी व्यक्त गर्नु भएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology