Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्यमा पाण्डे नियुक्त

नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्यमा पाण्डे नियुक्त

  • 777
    SHARES

  • नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्यमा पाण्डे नियुक्त

    काठमाडौं, जेठ १ ।

    नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर पोषराज पाण्डे नियुक्त भएका छन्।बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले पाण्डेलाई सिफारिस समितिको सदस्य नियुक्त गरेको हो।

    अर्थमन्त्री विष्णु पौडेलको ठाडो प्रस्तावमा पाण्डेलाई सदस्य नियुक्त गरिएको मन्त्रिपरिषद बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिए।

    सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएपछि पाण्डे सदस्य नियुक्त भएका हुन्।कांग्रेसका तर्फबाट नियुक्त भएका पाण्डे यसअघि योजना आयोगका सदस्य भइसकेका छन्।

    त्यस्तै प्रकाशशरण महत अर्थमन्त्री हुँदा उनी आर्थिक सल्लाहकार थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology