Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २०औँ वार्षिक साधारणसभा सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २०औँ वार्षिक साधारणसभा सम्पन्न

  • 3.0K
    SHARES

  • राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २०औँ वार्षिक साधारणसभा सम्पन्न

    बुटवल,माघ १३ ।

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष रमेश बिजीको सभापतित्वमा टोखा नगरपालिका–७ तिलिङटारस्थीत प्रतिष्ठानकै केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।

    कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी प्रमुख अतिथि तथा वडा नम्बर ७ का वडाध्यक्ष नरोत्तम राना विशिष्ट अतिथि रहेका थिए । कार्यक्रमको शुभकामना मन्तव्यमा वडाध्यक्ष रानाले आफ्नो वडामा राष्ट्रिय कलाकारहरुको भवन हुनुमा गर्वको महसुस भएको बताए ।

    साथै, उनले लोकदोहोरी प्रतिष्ठान भवनको माथिल्लो तल्ला निर्माणका क्रममा रु १० लाख सहयोग गरिसकेको भन्दै आगामी दिनमा पनि सोही भवनको आडमा भएको खाली जग्गा प्रतिष्ठानले खरिद गर्न लागेकाले रु ५ लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘कलाकारहरुको आगमन यस वडामा हुँदा पूरै वडा संगीतमय बनेको छ, आवश्यक सहसयोगका लागि ७ नम्बर वडा पछि हट्दैन ।

    त्यस्तै, प्रमुख अतिथि मेयर अधिकारीले कलाकारहरुको चर्चा गर्दै लोकदोहोरी प्रतिष्ठानले टोखा नगरपालिकामा एक छुट्टै आकर्षण ल्याएर नगरपालिकाकै पहिचान राखेको बताए । 

    उक्त कार्यक्रममा लोकदोहोरी प्रतिष्ठानका सल्लाहकार नारायाण रायमाझी, राजन लम्साल, संरक्षक पृथ्वी थकाली, संस्थापक अध्यक्ष अम्बर बिरही गुरुङ, पूर्व अध्यक्षहरु प्रजापती पराजुली, दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, निवर्तमान अध्यक्ष बद्री पंगेनी ,गायक प्रेम न्याैपाने लगायत विभिन्न केन्द्रीय तथा आजिवन सदस्य कलाकारहरुको सहभागीता थियो ।

    कार्यक्रममा संस्थापक अध्यक्ष गुरुङले सुरुमा थोरै संख्याका कलाकारहरुबाट संस्था स्थापना भएको स्मरण गर्दै अहिले यो स्थानसम्म प्रतिष्ठान आइपुग्दा सफलता प्राप्त भएको महसुस गरे । प्रतिष्ठानका केन्द्रीय महासचिव सुवास केसीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष रिता थापामगरले गरेकी थिइन् ।

    उक्त कार्यत्रममा प्रतिष्ठान तथा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मान गरिएको छ । स्वर्गीय कलाकार लोकबहादुर क्षेत्रीको सम्झनामा नगद राशीसहित स्मृति पुरस्कार कलाकार राम प्रसाद घिमिरे र सारंगी वाद्यवादक कृष्ण बहादुर गन्धर्वलाई पुरस्कारसहित सम्मान गरिएको थियो भने पत्रकारीता पुरस्कार सिताराम बडाल, संरक्षक तथा अविभावक सम्मान पृथ्वी थकालीलाई गरिएको छ ।

    साथै, नयाँ मानार्थ सदस्यलाई पनि सम्मानसहित प्रमाणपत्र वितरण गरिएको थियो भने आजिवन सदस्यहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै, प्रतिष्ठानले संस्थाको मातहातमा रहेर उत्कृष्ट काम गर्ने विभिन्न सदस्यहरुलाई पनि उत्कृष्ट सम्मान गरेको छ ।

    उत्कृष्ट जिल्ला शाखा सम्मान रुपन्देहीलाइ :

    dd.jpgउत्कृष्ट सम्मान पाउनेहरुमा केन्द्रबाट महिलामा गायिका देवी घर्ती मगर र पुरुषमा मोडल पिएन सापकोटा रहेका छन् । साथै, महिला नेतृत्वमा रहेर उत्कृष्ट काम गर्ने धादीङकी कमला गैरे थापाले सम्मान पाएकी छन् । त्यस्तै, जिल्लाबाट उत्कृष्ट सम्मान रुपन्देहीले पाएको छ भने त्यहाँका अध्यक्ष दिपक कार्की रहेका छन् ।

    यसैगरी प्रदेशमा गण्डकी प्रदेशले उत्कृष्ट सम्मान पाएको छ । त्यहाँ सुरेन्द्र गुरुङ अध्यक्ष रहेका छन् । यता काठमाडौं उपत्यका समन्वव समितिका अध्यक्ष सुजन लम्सालले उत्कृष्ट सम्मान पाएका छन् भने त्यसअन्तरगतका ९ वटा समिति मध्ये सुनधारा समितिले पनि उत्कृष्ट सम्मान प्राप्त गरेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology