Logo मंगलवार, श्रावण १२ गते २०८३
images

संयमका लागि भारत–पाकिस्तानलाई धन्यवाद छ : प्रधानमन्त्री ओली

संयमका लागि भारत–पाकिस्तानलाई धन्यवाद छ : प्रधानमन्त्री ओली

  • 924
    SHARES

  • संयमका लागि भारत–पाकिस्तानलाई धन्यवाद छ : प्रधानमन्त्री ओली

    बुटवल, वैशाख २९।

    प्रधानमन्त्री केपी शर्मा ओली भारत र पाकिस्तानलाई संयमका लागि धन्यवाद व्यक्त गर्नुभएको छ । सोमबार लुम्बिनीमा आयोजित बुद्ध जयन्तीमा समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

    ‘‘झण्डैझण्डै केही दिन अगाडि मात्रै हाम्रै छिमेक भारत र पाकिस्तानको अलिकति हात हालाहाल भएको थियो, तर बढ्न पाएन । संयमका लागि धन्यवाद छ । हामीले सुरुदेखि भन्यौं, विस्तार हुन नपाओस् ।,’’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गर्‍यौं, उहाँहरूसँग पनि कुरा गर्‍यौं । नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।’’

    उहाँले बुद्धका उपदेश र शक्षा विश्वका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले बुद्धका सन्देश र आदर्श हरेक व्यक्ति, समाज, राष्ट्र र विश्वको शान्तिका अति उपयोगी रहेको बताउनुभयो ।

    ‘‘बुद्धका शान्तिको सन्देशहरूको अर्थ अहिले पनि छ, जहाँ पनि छ, व्यक्तिलाई छ, व्यक्तिको आफ्नो मनस्थितिको शान्तिका लागि छ, परिवारको शान्तिका लागि छ र सबै कुराका लागि शान्तिको महत्त्व छ ।,’’ उहाँले भन्नुभयो ।

    आज जति बेला मासड्रिस्टक्सनका हतियारहरूको निर्माण र त्यो थुप्रो लगाउने काम भइरहेको बताउनुहुँदै यो मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि बहुत खतरनाक चिज भएको प्रधानमन्त्रीको भनाइ छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology