बुटवल,माघ १३ ।
कपिलवस्तु जेसिजको २१ औ बार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।आज भएको अधिवेशनले भिमकान्त भट्टराई सर्वसम्मत अध्यक्षमा चयन भएका छन ।
त्यस्तै कार्यकारिणी उपाध्यक्षमा प्रविण पौडेल र शुसिल खत्री चयन भएका छन भने उपाध्यक्षमा अशोक पौडेल, कमल घिमिरे, मदन पौडेल, र मिन बहादुर थापा सर्वसम्मत चयन भएको निर्वाचन आयुक्त तथा कपिलवस्तु जेसिजका पुर्व अध्यक्ष पोष्टराज गौतलमे जानकारी दिए ।
अधिवेशन कपिलवस्तु जेसिजको आफनै भवन बाणगंगा नगरपालिका वडा नः १ मा भएको थियो । साधारणसभा तथा अधिवेशन सफल पार्न सहयोग गरेकोमा निबर्तमान अध्यक्ष मनोज कुमार खत्रीले सबैलाई धन्यवाद दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)