Logo मंगलवार, श्रावण १२ गते २०८३
images

२४ घण्टामा थपिए ९०२ जना कोरोना संक्रमित, होम आइसोलेसनमा ६ हजार ८१५ जना

२४ घण्टामा थपिए ९०२ जना कोरोना संक्रमित, होम आइसोलेसनमा ६ हजार ८१५ जना

  • 2.2K
    SHARES

  • २४ घण्टामा थपिए ९०२ जना कोरोना संक्रमित, होम आइसोलेसनमा ६ हजार ८१५ जना

    बुटवल,भदौ २३- 

    पछिल्लो २४ घन्टामा नेपालमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

    २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

    योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४८ हजार १३८ जना पुगेको छ। पछिल्लो २४ घण्टामा २ हजार २८७ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या ३२ हजार ९६४ निको भएको र यो कुल संक्रमितको ६८ प्रतिशत भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

    हाल १४ हजार ८६८ जना सक्रिय संक्रमित छन्। यीमध्ये ८ हजार ५३ जना संस्थागत आइसोलेनमा छन् भने होम आइसोलेसनमा ६ हजार ८१५ छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology