जेठ २, ३ र ४ गते ३ दिन हुनेछ ।
उक्त अन्तर्राष्ट्रिय करांते कप प्रतियोगितामा ६२ क्याटागोरीमा वर्गीकरण गरी खेल खेलिने छ। जसमा ६ वर्षदेखि ७ वर्ष ,७ देखि ८ हुँदै सिनियर क्याटागोरीमा १८ वर्षभन्दा माथि उमेरका खेलाडीहरू सहभागी हुने मधु पाण्डेले जानकारी दिनुभयो ।
बिहीबार पत्रकार सम्मेलन मार्फत नेपाल सीतोरियो करांते तिलोत्तमा डो अध्यक्ष सन्तु देगोरिया थारुले खेलाडी र खेलप्रति सम्मान गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो।
अध्यक्ष थारुले प्रथम अन्तर्राष्ट्रिय लुम्बिनीकप प्रतियोगिता हुनाले यसलाई खेलाडी, खेलप्रेमी सरेाकारवाला सबैको साथ सहयाेगले सफल हुने विश्वास रहेको बताउनुभयो।
कार्यक्रममा संघका जिल्ला अध्यक्ष सन्तोष सिंह ,खेलकुद पत्रकार मंचका सुमन अधिकारी , संघका केन्द्रीय सदस्य प्रेम राना ,लुम्बिनी प्रदेशका रेफ्री संयोजक कृष्ण देवकोटा ,नेपाल सितोरियो करांते डो रूपन्देही जिल्ला अध्यक्ष नारायण थापा ,राष्ट्रिय रेफ्रीहरू संजय कुमार चौधरी, दिलु राना लगायतले बोल्दै प्रतियोगिता सफल पार्न खेलाडी, खेलप्रेमी ,सरोकारवाला सबैको साथ रहने र विस्वास रहेको धारणा राख्नुभएको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)