बुटवल,वैशाख २४ ।
एसियन थाई फुड्स प्रालिले कपिलवस्तु नगरपालिका–६ गोबरीमा नयाँ उद्योग सञ्चालनमा ल्याएको छ ।
मोरङमा दुई दशक अघि सञ्चालनमा आएको उसले दोस्रो शाखाका रूपमा कपिलवस्तुमा उद्योग स्थापना गरेको हो । उद्योगमा 'प्रीति', 'टुपीएम', 'रमपम'लगायत चाउचाउ उत्पादन सुरु गरेको छ । अढाई बिघा क्षेत्रफलमा स्थापना गरेको उद्योगमा सुरुमा चाउचाउ र पछि अन्य उत्पादन गरिने जनाइएको छ ।
प्रालिका प्रबन्धक महेश जाजुले उद्योगमा उत्पादन भएका चाउचाउ ३० बढी देशमा निर्यातसमेत हुने गरेको बताए । अन्य स्नयाक र मसला उत्पादन गर्ने मेसिनसमेत उद्योगमा रहेकाले ६ महिनापछि उत्पादन गर्ने उनले जानकारी दिए । 'यहाँ उत्पादन गरेको चाउचाउ देशभर नै पुर्याउने लक्ष्य छ,' उनले भने, 'अहिले कपिलवस्तुको उद्योगमा सय ५० जनालाई रोजगारी प्रदान गरिको उनले बताए ।
यहाँबाट अन्यत्र लैजान र देशको मध्य भागमा पनि पर्ने र सडक सुविधा पनि भएकाले वितरणमा सहज हुने उनको भनाइ छ । उद्योगमा अहिले ४० करोड लगानी भएको बताएका उनले चालु पुँजीमा थप २० करोड रकम आवश्यक पर्ने पनि खुलाए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)