Logo बिहिवार, आश्विन १ गते २०८३
images

अन्नपूर्ण हाइपरको नयाँ सुपर मार्केट औपचारिक शुभारम्भ

अन्नपूर्ण हाइपरको नयाँ सुपर मार्केट औपचारिक शुभारम्भ

  • 2.8K
    SHARES

  • अन्नपूर्ण हाइपरको नयाँ सुपर मार्केट औपचारिक शुभारम्भ

    बुटवल,माघ १३ ।

    डेल्टा एजुकेशन मार्ट र अन्नपूर्ण हाइपर मार्केटले संचालनमा ल्याएको नयाँ सुपर मार्केटले सोमबारबाट औपचारिक कारोबार सुरु गरेको छ ।

    बुटवलको मिलनचोकमा खुलेको अत्याधुनिक सुपर मार्केटको उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उदघाटन गरे।उपाध्यक्ष ढकालले निजी क्षेत्रबाट संचालनमा आएका यस्ता सुपर मार्केटहरुले उपभोक्तालाई सहज र सुलभ सेवा उपलब्ध गराउनु पर्ने बताए ।

    ढकालले गैर व्यवसायिक क्षेत्रका व्यक्तित्वहरुको लगानीमा खुलेको व्यवसायिक प्रतिष्ठानले सफलता हासिल गर्नेमा आफु विश्वस्त रहेको बताए । सरकार तथा सरोकारवाला निकायबाट आउन सक्ने समस्या समाधान गर्न महासंघ सदैव तयार रहेको उल्लेख गर्दै ढकालले मार्टबाट बुटवल र यस आसपासका उपभोक्ताहरुले गुणस्तरीय र सुलभ सेवा पाउने विश्वास व्यक्त गरे ।

    ढकालले आफ्नो कम्पनीले निकट भविष्यमा बुटवलको बसन्तपुरसम्म केवलकार संचालनको तयारी गरिरहेको पनि जानकारी दिए ।कार्यक्रममा मार्टका तर्फबाट डेल्टा एजुकेशन मार्टका अध्यक्ष लोकनाथ उपाध्यायले शिक्षण पेशामा ५० औ वर्ष बिताएका शिक्षकहरुको सानो सानो लगानीबाट सुरु भएको एजुकेशन मार्टको स्तरोन्नती गर्दै अन्नपूर्ण हाईपर मार्केट बनाउन सफल भएको जानकारी दिए ।

    उपाध्यायले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुका साथै उपभोक्ताको सहज पहुँच र सुलभ उपलब्धतालाई मार्टले ध्यान दिने प्रतिवद्धता व्यक्त गरे ।

    डेल्टाको ३४ करोड र अन्नपूर्णको ५ करोड लगानीमा संचालनमा आएको मार्टमा ग्रोसरी, गिफ्ट आईटम, स्टेसनरी, पाठ्यपुस्तक, खेल सामाग्री तथा शैक्षिक उपयोगका फर्निचरहरु उपलब्ध रहेका छन् ।मार्टमा कृषि क्षेत्रको स्थानीय उत्पादन तथा छपियाको माछा, ताजा तथा फ्रोजन मिटहरु समेत उपलब्ध रहेको संचालकहरुले बताएका छन् ।

    मार्टभित्रै बनाइएको पोखरीमा छपियाको जिउँदो माछा समेत उपलब्ध हुने डेल्टाका संचालक गणेशचन्द्र पोखरेलले बताए ।कारोबार संचालनको अवसर पारेर माघ मसान्त सम्मका लागि हरेक सामाग्री खरिदमा १० प्रतिशत छुट उपलब्ध गराइएको अन्नपूर्ण हाइपर मार्केटका प्रबन्ध निर्देशक चोलाकान्त पाठकले जानकारी दिए ।

    याे पनि -

    ३९ करोड लगानीमा बुटवलमाअत्याधुनिक डेल्टा मार्ट संचालनमा

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology