Logo बिहिवार, आश्विन १ गते २०८३
images

चितवनमा यु–१६ क्रिकेट छनोट प्रतियोगिता हुंदै, ट्रफी र जर्सी सार्वजनिक

चितवनमा यु–१६ क्रिकेट छनोट प्रतियोगिता हुंदै, ट्रफी र जर्सी सार्वजनिक

  • 1.6K
    SHARES

  • चितवनमा यु–१६ क्रिकेट छनोट प्रतियोगिता हुंदै, ट्रफी र जर्सी सार्वजनिक

    चितवन,बैसाख २३ ।

    चितवन मा ‘यु–१६ जिल्ला छनोट क्रिकेट प्रतियोगिता’ शुरू हुदैछ। चितवन जिल्ला क्रिकेट संघको आयोजनामा हुन लागेको प्रतियोगिता वैशाख २५ देखि २८ गतेसम्म भरतपुर–१५ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा सञ्चालन हुनेछ।

    मंगलबार आयोजित एक विशेष समारोहमा प्रतियोगिताको ट्रफी तथा चार सहभागी टिमको जर्सी सार्वजनिक गरियो। संघका अध्यक्ष सुदिप पियाका अनुसार प्रारम्भिक चरणमा १३१ खेलाडी सहभागी थिए, जसबाट प्रदर्शनका आधारमा ५६ जना खेलाडी दोस्रो चरणका लागि छानिए।d624a409-ce13-415f-904c-77dc36da116f.jpeg

    खेलाडी चयनको जिम्मेवारी पूर्व राष्ट्रिय कप्तान राजु खड्का , संघका सचिव सुरज ज्ञवाली र कोषाध्यक्ष अर्जुन के सी को  संयुक्त प्यानलले लिएको थियो।

    छनोट गरिएका खेलाडीहरूलाई चार टिम—रेड नाइट्स, ग्रीन ग्लाडियटर्स, ब्लु स्टार्स, र मरुन मेट्स—मा विभाजन गरिएको छ। सूर्याशु कोइराला, सन्देश सुवेदी, सरिश रखाल र कृष्ण भण्डारीलाई क्रमशः टिमका कप्तान नियुक्त गरिएको छ।

    २० ओभरको फर्म्याटमा सञ्चालन हुने प्रतियोगितामा प्रत्येक टिमले तीन–तीन खेल खेल्नेछ। पहिलो दिन बिहान रेड नाइट्स र ग्रीन ग्लाडियटर्स तथा दिउँसो ब्लु स्टार्स र मरुन मेट्सबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई चितवन जिल्ला टिममा समावेश गरिनेछ, जसले आगामी यु–१६ राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछन्।

    ट्रफी तथा जर्सी सार्वजनिक कार्यक्रममा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टर प्रा.लि.का प्रिन्सिपल वाइबी पौडेलले चितवन र नवलपुरमा खेलकुदको विकासमा कलेजले निरन्तर सहयोग गरिरहेको उल्लेख गरे। संघका उपाध्यक्ष उमेश पियाले खेलकुदमै भविष्य खोजिरहेका युवाका लागि यस्तो प्रतियोगिता प्रेरणादायी हुने विश्वास व्यक्त गरे।

    नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी यु–१६ इस्ट जोन कप २०२५ को तयारीस्वरूप जिल्लास्तरीय छनोट गर्न निर्देशन दिएअनुसार चितवनमा प्रतियोगिता आयोजना गरिएको हो। वैशाख २८ भित्रमा सम्पूर्ण प्रक्रिया सम्पन्न गर्नुपर्ने भएकाले प्रतियोगिता निर्धारित तालिकाअनुसार सम्पन्न गरिने संघका सचिव सुरज ज्ञवालीले जानकारी दिए।

    यस प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टर प्रा.लि. रहेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सुरज ज्ञवाली

    चितवन,सम्वाददाता

    • मंगलवार, बैशाख २३ २०८२०८:२४:१६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology