बुटवल ,बैसाख २३ ।
बुटवल अटो ईन्जीनयरिङ्ग एशोसीयसन र लुम्बिनी बाणिज्य क्याम्पस विचमा ईन्टरसीप विकास सहितको विषयमा सम्झौता भएको छ ।
सोमबार बुटवल ११ मा रहेको लुम्बिनी बाणिज्य क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । बुटवल अटो ईन्जीजिनियरिङ्ग एशोसीयसनका तर्फबाट अध्यक्ष प्रेम प्रसाद गौचन र क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्ययाले हस्ताक्षर गरेका छन् ।
अनुसन्धान तथा तालिमको लागि व्यवसायीक क्षेत्रमा विद्यार्थीहरुको सहभागीता बढाउँदै लैजाने र स्वदेशमा नै रोजगारीका अवसर सृजना गर्ने सम्झौतामा उल्लेख छ । तालिम तथा अनुसन्धानमा लुम्बिनी बाणिज्य क्याम्पसले सहयोग गर्ने छ । विद्यार्थीहरुले ईन्टनसीपको लागि अटो ईन्जीनियरिङ्ग एशोसीयसनले सहयोग गर्ने छ ।
लुम्बिनी बाणिज्य क्याम्पसले छुट्टै आटोमोबाईल ईन्जीनीयरिङ्ग कार्यक्रम सञ्चालन गर्ने र त्यसमा अटो ईन्जीनियरिङ्ग एशोसीयसनले सघाउने सम्झौता भएको हो ।२ बर्षको लागि गरिएको सम्झौतामा अटो ईन्जीनियरिङ्ग एशोसीयसनले छुट्टै स्थापना गर्ने खोजेको अटो मोबाईल्सको अध्यापन हुने क्याम्पसको परिकल्पनालाई बाणिज्य क्याम्पसले सघाउ पु¥याउने समेत उल्ल्ेख गरिएको छ ।
सम्झौता आदान प्रदान कार्यक्रममा एशोसीयसनका पुर्व अध्यक्ष तथा नेपाल अटो व्यवसायी महासंघका केन्द्री सचिव तुलसी न्यौपाने, केन्द्रीय कोषाध्यक्ष तथा एशोसीयसनका बरिष्ठ उपाध्यक्ष बाबुराम आचार्य, बाणिज्य क्याम्पस सञ्चाक समितिका अध्यक्ष शुरेन्द्र प्रसाद श्रेष्ठ, प्लेसमेन्ट काउन्सीलिङ्ग, एन्ड एन्टर पेनरसीप डेभलपमेन्ट सेलका कार्यक्रम प्रमुख मुकुन्द ज्ञवाली, पुरुषोत्तम घिमिरे लगायतले आ आफ्नो भनाई राखेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)