Logo बुधवार, श्रावण १३ गते २०८३
images

प्रेस युनियन रूपन्देहीद्वारा सदस्यता सिफारिस निष्पक्ष गर्न पत्रकार महासंङलाइ आग्रह

प्रेस युनियन रूपन्देहीद्वारा सदस्यता सिफारिस निष्पक्ष गर्न पत्रकार महासंङलाइ आग्रह

  • 4.7K
    SHARES

  • प्रेस युनियन रूपन्देहीद्वारा सदस्यता सिफारिस निष्पक्ष गर्न पत्रकार महासंङलाइ आग्रह

    बुटवल,माघ १३ ।

    नेपाल पत्रकार महासंघको सदस्यता सिफारिस निष्पक्ष गर्न नेपाल प्रेस युनियन रुपन्देहीले आग्रह गरेको छ ।

    नेपाल प्रेस युनियन रुपन्देहीले आज पत्रकार महासंघ रुपन्देहीमा एक ध्यानाकर्षण पत्र बुझाउदै पत्रकार महासंघको सदस्यता प्राप्तिका लागि आवेदन दिएका आवेदन दिएका महासंघको बिधान बमोजिम सदस्यता प्राप्त गर्न योग्य पत्रकारितामा क्रियाशिल पत्रकारहरुलाई कुनै आग्रह पुर्वाग्रह बिना निष्पक्ष रुपमा सिफारिस गर्न माग गरेको हो ।


    पत्रकार महासंघ रुपन्देहीको यही माघ १२ गते बसेको बैठकले महासंघको नयाँ सदस्यताकालागि सिफरिस गरेको र सदस्यताका लागि आवेदन दिएका कतिपय क्रियाशिल पत्रकारहरुलाई समेत पुर्वाग्रह राखि सिफारिस नगरिएको भन्ने सुन्नमा आएको भन्दै युनियनले महासंघको बैठकको निर्णय सार्वजनिक गर्न माग गरेको छ ।

    युनियन रुपन्देहीका सभापति रेखा भुसाल र सचिब श्यामशंकर पाण्डेद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा कुनैखालका पुर्वाग्रह नराखी महासंघको बिधान बमोजिम सदस्यता प्राप्त गर्न योग्य तथा सक्रिय पत्रकारहरुलाई निष्पक्ष रुपमा सदस्यता सिफारिस गर्न माग गर्दै सुन्नमा आए जस्तो योग्य आवेदनकर्तालाई समेत सदस्यताका लागि सिफारिस नगरिए सक्रिय पत्रकारहरुको सदस्यता प्राप्तिकालागि संघर्ष गर्न पछि नपर्ने चेतावनी समेत  दिइएको छ ।

    union.jpg
    यसअघि सल्लाहकार सहित बसेको युनियनको बैठकले महासंघको बिधान बमोजिम सदस्यता प्राप्तिका लागि आवेदन दिएका सदस्यता प्राप्त गर्न योग्य क्रियाशिल पत्रकारहरुलाई कुनै पुर्वाग्रहबीना सदस्यताका लागि सिफारिस गर्न पत्रकार महासंघ रुपन्देहीलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology