Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मोटरसाइकलसहित ‘हाइटेन्सन लाइन’को खाल्डोमा मृत भेटिए दुर्घटनामा परेका टण्डन !

मोटरसाइकलसहित ‘हाइटेन्सन लाइन’को खाल्डोमा मृत भेटिए दुर्घटनामा परेका टण्डन !

  • 1.1K
    SHARES

  • मोटरसाइकलसहित ‘हाइटेन्सन लाइन’को खाल्डोमा मृत भेटिए दुर्घटनामा परेका टण्डन !

    बुटवल,बैसाख २३ ।

    बुटवलको ठमेल उपनाम पाएको कालिका पथको होराईजन चोक नजिक हाईटेन्सन वालभित्र खसेर एक युवाको मृत्यु भएको छ ।
    मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ स्थित शंकरनगरका २० वर्षीय गोपाल टण्डन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी  सुरज कार्कीले बताए ।

    शव अर्धनग्न अवस्थामा भेटिएको हो । शनिबार साथीहरुसंगै नुवाकोट गएका उनी दुई दिनदेखि घरमा सम्पर्क नभएपछि खोजतलासका लागि प्रहरीमा घर परिवारले उजुरी समेत दिएका थिए । 

    शनिबार राति लु ४८ प ३१७० नम्बरको मोटरसाइकल बुटवल ११ कालिका पथमा विद्युतको पोलमा ठोक्किँदा सो दुर्घटना भएको डिएसपी कार्कीले बताए।  पोलमा ठोक्किएर झाडीमा मोटरसाइकलसंगै उछिटिएर गएका टण्डनको शव सोमबार बिहान मात्रै स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।

    घटना शनिबार रातिको हो, विद्युतको हाइटेन्सको पोलमा ठोक्किएर झाडीमा गएकाले बिहान मात्रै हामीले थाहा पाएको थियो । टन्डनको शव पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology