Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रदेशका १४ वटै सरकारी अस्पताल विकास समिति विघटन

लुम्बिनी प्रदेशका १४ वटै सरकारी अस्पताल विकास समिति विघटन

  • 723
    SHARES

  • लुम्बिनी प्रदेशका १४ वटै सरकारी अस्पताल विकास समिति विघटन

    बुटवल,बैसाख २३ ।

    लुम्बिनी प्रदेश सरकारले आफ्ना मातहत रहेका १४ वटै अस्पताल विकास समिति विघटन गरेको छ। बैशाख १६ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले १२ जिल्लाका १४ वटा अस्पतालका विकास समितिहरू विघटन गर्ने निर्णय गरेको हो। स्वास्थ्य मन्त्रालयका सचिव दुर्गा लक्ष्मी श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा उक्त निर्णयको जानकारी दिइएको छ।

    लुम्बिनी प्रदेशमा दुई वटा प्रादेशिक अस्पताल—दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल रहेका छन् भने बाँकी सबै जिल्ला अस्पताल हुन्। ती सबै अस्पतालका विकास समितिहरू एकै पटक विघटन गरिएका हुन्।

    यसअघि नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) को सत्ता साझेदारीका बेला गठन भएका विकास समितिहरू हाल एमाले र नेपाली कांग्रेसबीचको नयाँ राजनीतिक समीकरण बनेसँगै विघटन गरिएका हुन्। नयाँ सत्ता समीकरणअनुसार भागबण्डाका आधारमा नयाँ समितिहरू गठन गर्न वर्तमान समितिहरू विघटन गरिएको स्रोतले जनाएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology