Logo मंगलवार, श्रावण १२ गते २०८३
images

धनकुटामा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुग्यो

धनकुटामा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुग्यो

  • 1.1K
    SHARES

  • धनकुटामा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुग्यो

    धनकुटा,वैशाख २३ ।

    धनकुटामा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । धरानबाट भोजपुरको लागि छुटेको १ ख २१७७ नम्बरको बस हिजो बिहान दुर्घटना हुँदा एक जनाको ज्यान गएको थियो भने १३ जना घाइते भएका थिए ।

    घाइतेमध्ये दुई जनाको उपचारको क्रममा ज्यान गएको हो । बस चालक सुनसरी धरान उपमहानगरपालिका–१३ का ५१ वर्षीय रुद्र तामाङ र भोजपुर षडानन्द नगरपालिका–१३ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

    प्रहरीका अनुसार धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको हिजो नै ज्यान गएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology