Logo बिहिवार, आश्विन १ गते २०८३
images

देशका विभिन्न ठाउँमा बिहानैदेखि मेघगर्जन र चट्याङसहितको बर्षा

देशका विभिन्न ठाउँमा बिहानैदेखि मेघगर्जन र चट्याङसहितको बर्षा

  • 693
    SHARES

  • देशका विभिन्न ठाउँमा बिहानैदेखि मेघगर्जन र चट्याङसहितको बर्षा

    बुटवल,वैशाख २३ ।

    देशका विभिन्न ठाउँमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । अहिले झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सप्तरी, सिराहा, धनुषा, सिन्धुली र महोत्तरी आसपासका केही ठाउँमा चट्याङसहित पानी परिरहेको छ ।

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई ठाउँमा मेघगर्जन भइरहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । पानी पर्ने प्रणाली उत्तरदेखि पूर्वतिर सर्दै गइरहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह पनि गरेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशैभर वर्षाको सम्भावना रहेको छ । नेपालमा अहिले पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेकोले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

    मधेश प्रदेशको तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रही एक–दुई ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    अरू सबै प्रदेशको पहाडी भागका केही ठाउँ तथा बाँकी भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू–भागका केही ठाउँमा हिमपातको पनि सम्भावना छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology